• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रथम अध्यक्ष कप भलिवल प्रतियोगिता भोलीबाट,महिला पुरुषलाई समान पुरस्कार

प्रथम अध्यक्ष कप भलिवल प्रतियोगिता भोलीबाट,महिला पुरुषलाई समान पुरस्कार


समायोजन खबर
  • मंगलबार, बैशाख २५ २०८१

  • पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष गीरेन्द्र बहादुर राई, उपाध्यक्ष राजेश कुमार राजभण्डारी, प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापा लगायत।

    समायोजन खबर खोटाङ, खोटाङमा ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिता भोलीबाट सुरु हुने भएको छ।

    ऐसेलुखर्क गाउँपालिकाको आर्थिक सहयोग र खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाको आयोजनामा बुधबारदेखि सिदार्थ खेलमैदान गोदामचौरमा महिला पुरुष भलिवल प्रतियोगिता हुने भएको हो।

    प्रतियोगिताका वारेमा मंगलबार गाउँपालिकामा पत्रकार सम्मेलन गर्दै भलिवल खेलको विकास तथा विस्तार एवंम् नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको जानकारी दिएको छ।
    पत्रकार सम्मेलनमा ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गीरेन्द्र बहादुर राई, उपाध्यक्ष राजेश कुमार राजभण्डारी, प्रमुख प्रशासकीय अधिकृत रेख बहादुर थापा, गाउँपालिकाका प्रवक्ता एवंम् ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारी, खेलकुद विकास समिति ऐसेलुखर्क अध्यक्ष रजिन राईको उपस्थिति थियो।
    प्रतियोगितामा प्रथम हुने महिला पुरुष टिमलाई दुई–दुई लाख, दोश्रोलाई एक–एक लाख, तेश्रोलाई ५०–५० हजार र सान्त्वनालाई २५–२५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। आयोजकका अनुसार महिला पुरुषलाई समान पुरस्कारको व्यवस्थापन गरिएको छ।

    प्रतियोगितामा महिला पुरुष वेष्ट प्लयेर खेलाडीलाई पाँच हजार ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । वेष्ट स्पाइकर, वेष्ट सेटर, वेष्ट ब्लकर, वेष्ट डिफेन्डर, वेष्ट सर्भर, अनुशासित र वेष्ट कोचलाई जनही तीन हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने जनाईएको छ । प्रतियोगितामा भाग लिन पाँच हजार टिम दर्ता शुल्क लाग्नेछ।

    २९ बैशाखसम्म चल्ने प्रतियोगिताका लागि बैशाख २५ गते मंगलबार साँझ ५ः३० बजेसम्म टिम दर्ता समय तोकिएको थियो । टिम दर्ता गर्न पाँच हजार शुल्क तोकिएको खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिका अध्यक्ष रजिन राईले बताए।

    प्रतियोगितामा पुरुषतर्फ नौ टिम र महिलातर्फ चार टिमले मात्रै दर्ता गराएका छन्। प्रतियोगिता सम्पन्न गराउन कूल १६ लाख २८ हजार बजेट लाग्ने अनुमान गरिएकोमा गाउँपालिकाले १३ लाख ५० हजार बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले बताए । स्टीमेट अनुसारको अन्य वजेट खेलकुद विकास समितिले व्यवस्थापन गर्नेछ।

    प्रतियोगिता गत चैत ७ गतेदेखि १० गतेसम्म गर्ने तयारी गरिएकामा महिलालाई पुरुष सरह पुरस्कार नभएको भन्दै विरोध भएपछि समान पुरस्कारको व्यवस्थापन गरेर प्रतियोगिता गर्न लागिएको गाउँपालिका अध्यक्ष राईले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology