समायोजन खबर खोटाङ,ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परि आमा छोराको ज्यान गएको छ।
आज अपरान्ह ३ बजे आगलागीमा परि करिब ५५ वर्षिय पुन्यकुमारी धमला र उहाँका छोरा करिब १६ वर्षिय कन्चन धमलाको ज्यान गएको हो।
बाहुनडाँडा कोल पाखाको निजी खरबारीमा राखिएको खर घाँस आगेबाट जोगाउने क्रममा आगोले जलेर आमा छोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बालिस्टार सिंहले जानकारी दिनुभएको छ।
घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology