समायोजन खबर खोटाङ, खोटाङको रावाबेंशी गाउँपालिका–४ डुम्रेधारापानीमा दुई घरमा आगलागी भएको छ। स्थानीय सित्तली पाखोमा लगाईएको डढेलोको झिल्को घरमा आउँदा पुर्ण बहादुर मुग्राती र तिलक बहादुर सार्कीको घरमा आगलागी भएको हो।
मंगलबार साँझमा भएको आगलागीबाट मानिस बसोबास गरिरहेको मुग्रातीको घर पुर्णरुपमा जलेर नष्ट भएको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञान बहादुर पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार अग्नी पीडित मुग्रातीलाई आगो निभाई सके लगत्तै वडा कार्यालयको तर्फबाट ६० केजी चामल,३० केजी चिउरा, १ काटन खानेतेल, ५ किलो दाल, ५ केजी नुन, १ काटन चाउचाउ, २ केजी मसला र ५ केजी चिनी प्रदान गरिएको छ।
अग्नी पीडित मुग्रातीको ६ जनाको परिवार अहिले भुकम्पपछि बनाईएको घरमा बसिरहेका छन् । आगलागीबाट उनको करीव १० लाखको क्षति भएको छ। आगलागीबाट सार्कीको घर जलेको छ । यद्यपी, राती भएका कारण सार्कीको के कती क्षति भयो भनेर मुचुल्का बनाउन बाँकी छ । सार्कीको ५ जनाको परिवार छ।
आगोलाई प्रहरी र स्थानीयले रावाबेंशी गाउँपालिकाको अग्नी नियन्त्रक मेशिनबाट नियन्त्रण गरेका छन्। आगलागी भएको स्थानमा रावाबेंशी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठसहित जनप्रतिनिधि र कर्मचारी पुगेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology