• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सल्लेका डढेलो पीडितलाई राहत वितरण

सल्लेका डढेलो पीडितलाई राहत वितरण


समायोजन खबर
  • आइतबार, बैशाख १६ २०८१

  • अग्नी पीडितलाई वितरण गर्न तयारी गरिएको राहत सामग्री र स्थानीय नागरिक।

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका डढेलो पीडितलाई राहत प्रदान गरिएको छ।

    बैशाख १४ गते सल्लेपोखरी सामुदायिक वनमा लागेको आगो हावाहुरीका कारण अनियन्त्रित भई बस्ती पस्दा घर तथा मतान जलेर पीडित बनेका छ परिवारलाई शनिवार राहत प्रदान गरिएको हो।

    घर जलेका झन बहादुर थापा मगर, इन्द्र बहादुर थापा, गोपाल बहादुर थापा मगर, मदन बहादुर थापा मगर, भेष बहादुर राना मगर र खगेन्द्र बिकलाई राहत प्रदान गरिएको सल्लेका वडा सचिव चित्र राना मगरले जानकारी दिए।
    मगरका अनुसार पीडितहरुलाई हलेसी तुवाचुङ नगरपालिकाको तर्फबाट त्रिपाल र ब्ल्याङकेट एक–एकवटा, ३० केजी चामल एक–एक बोरा प्रदान गरिएको छ।

    वडा कार्यालय सल्लेको तर्फबाट छ जनालाई जनही चामल ३० केजी, दाल दुई केजी, चिनी एक केजी, चिउरा दुई केजी, आलु दुई केजी, खानेतेल दुई पोका, बेसार एक पोका, मसला २०० ग्राम र प्रत्येकलाई एक–एकवटा त्रिपाल वितरण गरिएको छ।

    आगलागीबाट गोठ जलेका योग बहादुर मगरलाई नगर र वडा कार्यालयको तर्फबाट एक–एकवटा त्रिपाल वितरण गरिएको छ। पीडितहरुलाई हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र सल्लेका वडाध्यक्ष काशीराज राईले राहत वितरण गरेका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology