• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

वनमा लागेको आगोले सल्लेमा १० घर जल्यो,एक करोड २३ लाखको क्षति

वनमा लागेको आगोले सल्लेमा १० घर जल्यो,एक करोड २३ लाखको क्षति


समायोजन खबर
  • शुक्रबार, बैशाख १४ २०८१

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित सल्लेपोखरी सामुदायिक वनमा लागेको आगो हावाहुरीका कारण अनियन्त्रित भई गाउँबस्ती पस्दा एक करोड २३ लाखको क्षति भएको छ।

    आगो अनियन्त्रित भई गाउँबस्ति पस्दा सल्लेका योग बहादुर राना मगरको एकवटा घर, अन्नपात, भाडावर्तन, लत्ताकपडा र दैनिक प्रयोगका सामग्री जलेर नष्ट हुँदा सात लाखको क्षति भएको छ।

    ईन्द्र बहादुर थापाको ढुंगा माटोले बनेको फुसको छानो भएको दुईवटा घर, ढुंगा माटोले बनेको टिनको छानो भएको एकवटा घर, घरमा रहेको एक तोला सुन, अन्नपात, भाडावर्तन, लत्ताकपडा र दैनिक प्रयोगका सामग्री जल्दा ३५ लाखको क्षति भएको प्रहरीले जनाएको छ।

    गोपाल बहादुर थापा मगरको दुईवटा घर, भान्साघर, अन्नपात, भाडावर्तन, लत्ताकपडा र दैनिक प्रयोगका सामग्री जल्दा २० लाख, मदन कुमार थापा मगरेको घर, मतान घर, घरभित्रको १० तोला सुन, चाँदी १० तोला, दुई थान ल्यापटप,एकथान प्रिन्टर, अन्नपात, भाडावर्तन, लत्ताकपडा र दैनिक प्रयोगका सामग्री जल्दा ३५ लाखको क्षति भएको छ।

    यस्तै, खगराज बिकको घर र ग्वाली, घरमा भएको चाँदी ५ तोला, नगद २० हजार र अन्नपात, भाडावर्तन, लत्ताकपडा र दैनिक प्रयोगका सामग्री जल्दा चार लाख र भेष बहादुर राना मगरको एकवटा घर, घरमा भएको चाँदी १० तोला, अन्नपात, भाडावर्तन, लत्ताकपडा र दैनिक प्रयोगका सामग्री जल्दा सात लाखको क्षति भएको छ।

    यसैगरी, झन बहादुर थापा मगरको एकवटा घर, घरमा भएको डेढ तोला सुन, डेढ तोला चाँदी, नगद एक लाख ३६ हजार, अन्नपात, भाडावर्तन, लत्ताकपडा र दैनिक प्रयोगका सामग्री र मतान घर जल्दा १५ लाखको क्षति भएको छ।
    आगोबाट कूल १० वटा घर, एकवटा भान्साघर, मतान घर तीनवटा, चौपाया एकवटा जलेर नष्ट हुँदा एक करोड २३ लाखको क्षति भएको डिएसपी पुरुषोत्तम खड्काले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology