• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

साउनदेखि बैशाख १२ गतेसम्म आगलागीबाट ४ करोड बढी क्षति,एकको मृत्यु

साउनदेखि बैशाख १२ गतेसम्म आगलागीबाट ४ करोड बढी क्षति,एकको मृत्यु


समायोजन खबर
  • बुधबार, बैशाख १२ २०८१

  • खोटाङको डम्बर्खुशिवालयको कात्तिके सामुदायिक वनमा लागेको डढेलो।फाइल तस्विर।

    समायोजन खबर खोटाङ, खोटाङमा गत साउनेदेखि बैशाखसम्म आगलागीबाट ४ करोड बढीको क्षति भएको छ।

    आर्थिक वर्ष २०८० साउन महिनादेसख २०८१ बैशाख १२ गतेसम्म आगलागीबाट ४ करोड ९ लाख २२ हजार ६०० को क्षति भएको हो।

    प्रहरीका अनुसार १०८ स्थानमा आगलागी(डढेलो) लागेको छ । आगोबाट ४६ वटा गोठ, ६४ वटा घर पूर्णरुपमा जलेर नष्ट भएको छ।

    आगलागीबाट १७५ वटा चौपाया र १९५ पंक्षिमा क्षति पुग्दा ६ जना मानिस आगलागीबाट घाईते भएका छन्। डढेलोबाट रावावेंशी गाउँपालिका–१ कुभिण्डे हरमटारका ८५ वर्षीय सिद्धि बहादुर श्रेष्ठको जलेर मृत्यु भएको छ।

    बैशाख १२ गते मैनचौर सामुदायिक वनको झिक्रा तथा पत्करमा लगाएको डढेलो अनियन्त्रित भएपछि निभाउने क्रममा श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology