• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोले पकाउने क्रममा गोठमा आगलागी,गाई र बाछि जलेर नष्ट

खोले पकाउने क्रममा गोठमा आगलागी,गाई र बाछि जलेर नष्ट


समायोजन खबर
  • बुधबार, बैशाख १२ २०८१

  • सांकेतिक तस्विर

    समायोजन खबर खोटाङ, खोटाङको साकेला गाउँपालिका–४ मात्तिममा खोले पकाउने क्रममा गोठमा आगलागी भएको छ।

    स्थानीय नारदमुनि खड्काको गोठमा बुधबार मध्यान्ह १२ः३० बजे खोले पकाउने क्रममा अचानक आगलागी हुदाँ ढुंगा माटोले बनेको टिनको छानो भएको एकवटा गोठ, गोठमा बाँधिएको एकवटा गाई, एकवटा बाछि जलेर नष्ट भएको छ।

    आगलागीबाट पाँच लाख ५० हजारको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट भैंसी र भैसीको पाडो जलेर घाईते भएको छ। आगोलाई ईलाका प्रहरी कार्यालय मात्तिमविर्ताबाट खटेको प्रहरी र स्थानीयले मध्यान्ह १ः१५ मिनेटमा नियन्त्रणमा लिएको थियो।

    गोठमा लागेको आगो निभाउने क्रममा गोठका धनी नारदमुनि खड्काको ढाड,अनुहार र तिघ्रामा पोलेको छ। मध्यम घाईते भएका उनको स्थानीय मेडिकलमा उपचार भईरहेको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology