समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको मानदातास्थित महनकला सामुदायिक वनमा लागेको डढेलोले गोठ, भान्सा घर र ६ वटा गाई जलेर नष्ट भएको छ।
आईतबार अपरान्ह ३ बजे वनमा लागेको डढेलो अनियन्त्रित हुँदा सोही ठाउँकी अम्बिका कार्कीको खरको छानो भएको एकवटा गोठ, टिनको छानो भएको एकवटा भान्सा घरमा आगलागी हुँदा गोठमा बाँधेको ६ वटा गाई जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
गोठ, गाई, भान्सा घर र भान्सा घरभित्र रहेको अन्नपात, भाडावर्तन पूर्णरुपमा जलेर नष्ट हुँदा अन्दाजी पाँच लाख वरावरको क्षति भएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए।
आगोलाई स्थानीय र प्रहरीले साँझ ६:३० पूर्ण रुपमा निन्त्रणमा लिएको थियो। आगलागीवाट मानवीय क्षति पुगेको छैन।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology