समायोजन खबर खोटाङ, खोटाङको वराहपोखरी गाउँपालिका–४ फाक्टाङका ५८ वर्षीय राम बहादुर राईको भिरबाट लडेर मृत्यु भएको छ।
सोही ठाउँमा रहेको ससुराली घरमा बैशाख ५ गते पास्नी भोज खाई घर फर्कने क्रममा अपरान्ह ३ बजे फाक्टाङ र पौवासेराको सिमाना बेतुवा खोलाको भिरबाट लडेर राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
राई लडेर मृत अवस्थामा रहेको खबर प्रहरी चौकी हुक्नाजोरमा आएपछि हुक्नाजोर र इलाका प्रहरी कार्यालय खोटाङबजारबाट खटेको प्रहरीले घट्नास्थलको थप अनुसन्धान र कानुनि प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टम गर्न उदयपुरको स्वास्थ्य चौकी बेलटार पठाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology