समायोजन खबर खोटाङ, नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष एवंम् नेकपा एमालेका नेता नरेश कटवालले खोटाङमा एमाले विभाजन हुन नहुने बताएका छन्।
बुधबार एमालेको आँठौ जिल्ला अधिवेशन उद्घाटन भएपछि नेता कटवालले समायोजन खबरसँग विशेष संवाद गर्दैै एमालेले विभिन्न धार नबनाई सहमतिमा नेतृत्व टुङग्याउनु पर्ने बताए।
अधिवेशनमा धार बनाएर जाँदा पार्टी विभाजन हुन सक्छ। विभाजन भन्ने बितिक्कै पार्टी अन्र्तद्धन्द्धमा जान्छ। पार्टीले यो कुरा मुल्याङकन गर्नुपर्ने हुन्छ। नेता कटवालले भने,‘त्यसो हुनाले विवाद नगरी सर्वसम्मत रुपमा नेतृत्व चयन गुर्नपर्छ।’
त्यहाँ अहिले एमालेमा जुन धार देखिएको छ। त्यो धारको अन्त्य गर्दै सहमतिका आधारमा चुन्ने र चुनाउने प्रक्रियामा अधिवेशन लैजानुपर्छ। यसले खोटाङ एमाले पार्टीको हित हुनसक्छ र राष्ट्रलाई समायोजन गर्न सक्छ।
अध्यक्ष र उपाध्यक्षबीचमा प्रतिस्पर्धा देखिरहेको छ। त्यो प्रतिस्पर्धाको अन्त्य गर्नुपर्छ, तुरुन्त आजै रातभरी वा भोलि दिनभरीमा सकरात्मक सन्देश चाँहि खोटाङबासीले पाउनुपर्छ। नेता कटवालले भने, “यसो हुँदा एमाले पार्टी बच्न सक्छ। एमाले समर्थक र शुभेच्छुकले सकरात्मक सन्देश लिन पाउँछ।”
पहिलो, दोश्रो, तेश्रो नभनि तत्काल द्धन्द्धलाई छोडेर सहमतिको आधारमा अधिवेशन लैजानुपर्छ। नेताहरुलाई मेरो आग्रह छ। सहमति भएमा समग्र खोटाङको हित हुन सक्छ। चुनावमा जाँदा पार्टी विभाजन हुने, पार्टीभित्र नकरात्मक सोचहरु आउने हुँदा राम्रो सन्देश जाँदैन। सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नैपर्छ।’नेता कटवालले भने।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology