समायोजन खबर खोटाङ, खोटाङमा ‘दुर्व्यसन विरुद्ध आमाहरु’ अभियान सुरु भएको छ। जुनसुकै प्रकारको दुर्व्यसनवाट दुर्घट्ना हुनुभन्दा अगावै समाजमा सचेतना फैलाउने उद्देश्यले अभियान सुरुवात गरिएको हो।
जिल्ला प्रहरी कार्यालयको आयोजना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहकार्यमा अभियानको शनिबार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रभातफेरी गरेर रत्नपार्कमा आई समापन गरिएको थियो।
प्रभातफेरीमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विसन राई, विभिन्न आमा समूहमा आवद्ध आमाहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कार्यालय प्रमुख तथा प्रतिनिधि, नीजि संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए।
घरमा बढीभन्दा बढी आमाहरु रहने र आफ्नो सन्ततीलाई सचेत गराउनमा उहाँहरुको अहम भूमिका हुनाले आमाहरुसँग अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताउनुभयो। 
कोशी प्रदेश अन्तर्गतको यो अभियान खोटाङका प्रत्येक पालिकाहरुमा चल्नेछ। अभियानमा समाजका विभिन्न तह र तप्काका आमाहरु, स्थानीय सरकार, राजनीतिक दलहरु, विभिन्न संघसंस्थाहरुलाई सहभागी गराईनेछ।
यो अभियान दुर्व्यसनबाट भईरहेका समस्याहरुलाई रोकथाम गर्न हो। पहिला चाँहि आमाहरुलाई लागूऔषध, मदिरा, सुर्तीजन्य पदार्थहरु सेवन गर्न निरुत्साहित गर्नुपर्छ भनेर सचेत गराउँछौ। घरैबाट यसको सुरुवात गर्नुपर्छ भन्ने तरिकावाट उहाँहरुसँग अन्तरक्रिया, छलफल हुन्छ, सहकार्य हुन्छ। डिएसपी खड्काले भन्नुभयो, “यदि भईसकेको छ भने यसलाई कसरी रोकथाम गर्न सकिन्छ, प्रहरीलाई कसरी जानकारी गराउने अथवा उपचारका लागि के व्यवस्था गर्ने भन्ने विषयमा आमाहरुले भूमिका खेल्नुहुन्छ।”
https://www.facebook.com/samayojankhabar/videos/1885730578531986
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology