• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा ट्याक्टर दुर्घट्ना,एकको मृत्यु

खोटाङमा ट्याक्टर दुर्घट्ना,एकको मृत्यु


समायोजन खबर
  • शनिबार, चैत्र १७ २०८०

  • फाइल फोटो

    समायोजन खबर खोटाङ, खोटाङको वराहपोखरी गाउँपालिका–१ वराहपोखरीमा ट्याक्टर दुर्घट्ना हुँदा एकजनाको ज्यान गएको छ।

    वराहपोखरीको भिरगाउँस्थित रुम्दुबाट रसुवाघाटतर्फ खयरको काठ लिएर गईरहेको मे १ त ८५९७ नम्बरको ट्याक्टर शनिबार साँझ ५:३० बजे आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ७०० मिटर तल खसेर दुर्घट्ना हुँदा चालक झापा बुद्धशान्ति नगरपालिका–४ शान्तिनगरका २८ वर्षीय अमृत लिम्बुको ज्यान गएको हो।

    लिम्बुको शव सडकभन्दा ५०० मिटर तल भिरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी हरि बरालले जानकारी दिए।

    सोही ट्याक्टरमा सवार वराहपोखरीका २४ वर्षीय मुकेश मगर गम्भीर घाईते भएका छन्। मगरको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ। उनलाई उदयपुरको गाईघाट उपचार पठाईएको छ।

    घट्नाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया भईरहेको प्रहरीले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology