• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा सम्झौता भन्दा अगाडी बन्यो तीनवटा पुल

खोटाङमा सम्झौता भन्दा अगाडी बन्यो तीनवटा पुल


समायोजन खबर
  • बिहिबार, चैत्र १५ २०८०

  • नेर्पाको मेवाखोलामा निर्माण सम्पन्न भएको मोटरेबल पुल।

    चिसाङ शेर्पा खोटाङ,खोटाङमा सम्झौता मितिभन्दा अगाडी तीनवटा पुल बनेको छ। निर्माण व्यवसायीले पुलको काम जिम्मा लिएर अलपत्र पारिरहंदा यहाँको सोल्मा र नेर्पामा सम्झौता मितिभन्दा अगाडी पुल बनेको हो।

    पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवाभन्ज्याङ खण्डको सोल्मास्थित भालुखोला र नेर्पास्थित मेवाखोलामा २०–२० मिटर लम्बाईको मोटरेबल पुल बनेको हो। यी दुई पुल केएम इन्जिनियर्स विल्डर्स प्रालि काठमाण्डौले बनाएको हो।

    ‘डिजाइन एण्ड बिल्ड’(पुलको डिजाइन निर्माण कम्पनीले नै बनाएको)दुबै पुल एक ठेक्कामा बनेको हो। अब मेवाखोला पुलमा २१५ मिटर एप्रोच रोड पिच तथा भालुखोला पुलको स्ल्याब ढलान, २०० मिटर एप्रोच रोड पिच, दुई पुलको रङरोगन बाँकी छ । प्रालिले २०८१ असार २२ गते दुई पुलको काम सक्नेगरी २०७९ असार २२ गते पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलसँग भ्याट बाहेक सात करोड ७४ लाख २५ हजारमा सम्झौता गरेको थियो।सोल्माको भालुखोलामा निर्माण सम्पन्न भएको मोटरेबल पुल।

    दुबै पुलको भौतिक र आर्थिक प्रगति ८०–८० प्रतिशत सकिएको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलका सूचना अधिकारी हर्क प्रधानले बताउनुभयो। प्रधानका अनुसार अब सडक संरचना(एप्रोच रोड)को काम मात्रै बाँकी छ। दुबै पुलको एप्रोच रोड र रङरोगन बैशाखसम्म सकेर पुल जिम्मा लगाईने पुल बनाईरहेको केएम इन्जिनियर्स विल्डर्स प्रालिका प्रबन्धक निर्देशक मोहन कार्कीले बताउनुभयो।

    यस्तै, सोही खण्डको नेर्पा र सोल्माको सिमाना छेपेखोलामा २० मिटर लम्बाईको मोटरेबल पुल पनि सम्झौता म्यादभन्दा अघि निर्माण भईसकेको छ। उक्त पुल सगरमाथा सजीव जेभि खोटाङले तयार गरेको हो।
    जेभिले २०८० कार्तिक ११ गते पुल बनाईसक्नेगरी २०७८ मंसिर १४ गते पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलसँग भ्याट बाहेक तीन करोड पाँच लाख ८० हजार १३७ रुपैयाँमा सम्झौता गरेको थियो। यो पुलको पनि आर्थिक र भौतिक प्रगति मेवाखोला, भालुखोलाजस्तै ८० प्रतिशत सकिएको छ।नेर्पाको छेपेखोलामा निर्माण सम्पन्न भएको मोटरेबल पुल।

    पुल गत असारमै बनाई सकिएको हो। पुलमा रङरोगन गर्न र ३३० मिटर एप्रोच रोड कालोपत्र गर्न बाँकी रहेको जेभिमध्येका एकजना प्रतिनिधि कृष्ण घिमिरेले बताउनुभयो। पुल असारमै बनाई सकेर गाडी नै गुडाईसकेका छौ । एप्रोचको काम भने मेवाखोला र भालुखोलासँगै गर्नेगरी समन्वय भएको छ। त्यसो हुँदा दुबै पाटीलाई कच्चा पदार्थ जुटाउन र मेसिन चलाउन सहज हुन्छ। घिमिरेले भन्नुभयो,“बैशाखभरीमा सडक संरचनाको काम सक्छौ।” यद्यपी, यो जेभिको म्याद सकेर थपको प्रक्रियामा छ। भालुखोला र मेवाखोलामा डाइभर्सन गरेर गाडी चलिरहेको छ।

    जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राईले चैत १३ गते तीनवटा पुलको अनुगमन तथा निरीक्षण गर्दै बाँकी काम अझै छिटो सक्न हौसला दिनुभएको छ। तोकेको समयभन्दा अगाडी पुल बनाउने निर्माण कम्पनीहरुलाई पुरस्कृत गरिने जिसस प्रमुख राईले बताउनुभयो।

    दिक्तेल–चखेवाभन्ज्याङ खण्डको बुवालुङस्थित बुवासुङ–लामिडाँडा जोड्ने पंखुखोलाको १५ मिटर मोटरेबल पुलको काम सिरुवा कन्ट्रक्सन काठमाण्डौले नगरेपछि गएको जेठ १२ गते ठेक्का तोडिएको छ। हालसम्म उक्त पुलको ठेक्का लगाउने काम नभएको पुलको काम हेरिरहेको कार्यालयले जनाएको छ।सोल्मास्थित भालुखोलामा निर्माणाधिन पुलको अनुगमन गर्नुहुँदै जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई लगायत।

    यसैगरी, दिक्तेल–चखेवाभन्ज्याङ खण्डको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सेखुवा–चखेवाभञ्ज्याङ(१०किलोमिटर)सडक कालोपत्रेको काम जिम्मा लिएको भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाई जेभीले काम नगरेपछि ठेक्का तोडिएको र अदालतबाट स्टे अर्डर रहेको पुष्पलाल मध्यपहाडी राजमार्ग योजना कार्यालय धुलिखेलले जनाएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology