समायोजन खबर खोटाङ, खोटाङमा एकैदिन डढेलोबाट ५ लाख ४५ हजारको क्षति भएको छ।
प्रहरीका अनुसार रावाबेंशी गाउँपालिका–४ डुम्रेधारापानीको कालिका भगवती सामुदायिक वनमा लागेको डढेलोले वनमा चराउन छोडिएको डुम्रेधारपानीकै सुर्य बहादुर निरौलाको एकवटा खसी र दुईवटा बोका जलि नष्ट हुँदा एक लाख वरावरको क्षति भएको छ।
आजै, साकेला गाउँपालिका–५ मात्तिमको गुर्दुमस्थित नाकेडाँडा सामुदायिक वनमा लागेको डढेलोले सोही ठाउँका बुद्धिमाया राईको ढुंगा माटोबाट बनेको खरको छानो भएको दुईतले मतान घर र घरभित्र भएको लत्ताकपडा, भाडावर्तन, काठपात र बाँसले बनेको खरको छानो भएको गोठ जलेर नष्ट हुँदा तीन लाख ४५ हजारको क्षति भएको छ। उक्त सामुदायिक वनमा लागेको डढेलो प्रहरी र स्थानीयको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको छ।
हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित नमुना सामुदायिक वनमा लागेको डढेलोले सोही ठाउँका भुपाल घिमिरेको काठको खाबा भएको खरको छानो भएको गोठ, गोठभित्र भएको पराल, मकै र काठपात जल्दा एक लाख वरावरको क्षति भएको छ।
उक्त सामुदायिक वनमा लागेको डढेलो प्रहरी र स्थानीयले निभाउने काम भईरहेको छ।
जिल्लाभरी जताततै सामुदायिक वनहरुमा डढेलो लागिरहंदा सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला खोटाङले वनमा डढेलो लगाउनेलाई पहिचान गरी वन ऐन अनुसार कडाभन्दा कडा कारवाही गर्न माग गरेको छ।
महासंघका अध्यक्ष मोहन गुरुङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै तीन दशक लामो अथक प्रयत्नबाट संरक्षण, सम्वद्र्धन र व्यवस्थापन गरेर आएको वन सम्पदा छिनभरमा नै खरानी बनाउने घोर अपराधी कोही न कोही हुने भएकाले पहिचान गरी वन ऐन, २०७६ को दफा ५० को उपदफा ४ बमोजिम बिगो सजायसहित कारवाही गर्न जोडदार माग गरेको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology