समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मामा तोरी पेल्ने मिल सञ्चालनमा आएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अनुदानमा सोल्माली कृषि तथा पशुपंक्षी बहुउद्देश्य फर्मले मिल सञ्चालनमा ल्याएको हो।
नगरपालिकाको ७५ प्रतिशत अनुदान(६ लाख) र फर्मको २५ प्रतिशत(२ लाख) अनुदानमा जडान गरी तयार गरिएको मिलको सोमबार अपरान्ह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र उपमेयर विशन राईले पावर सप्लाईको स्वीच थिचेर सुचारु गरेका छन्।
अनुदानसहित जम्मा नौ लाखमा मिलको सम्पूर्ण काम सकिएको सोल्माली कृषि तथा पशुपंक्षी बहुउद्देश्य फर्मका व्यवस्थापक दीपेन्द्र किरातीले बताए।
अहिले किसानबाट प्रतिकेजी ११० रुपैयाँमा तोरी खरीद गरेर तेल पेल्दै आएको व्यवस्थापक राई बताउँछन्। पेलेर तयार गरिएको तेल हाल प्रतिकेजी ४५० रुपैयाँका दरले दिक्तेलबजारमा विक्री हुन थालेको छ। तोरी काठमाण्डौ तराईबाट पनि खरीद गर्ने लक्ष्य छ । काठमाण्डौ तराईबाटै तोरी ल्याउँदा सस्तो पर्नेरहेछ। राईले भने।
यता,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले तोरी खेतीका लागि उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रममा सहभागी गराउन ३० जना किसानलाई सूचिकृत गरिसकेको छ। सूचिकृत भएका ३० जना किसानले एक हजार १५५ रोपनीमा तोरी खेती गर्ने जनाएका छन्।
सूचिकृत भएका किसानहरु हाल उत्पादन भएकोे तोरी थन्काउने काम गरिरहेका छन्। सूचिकृत सबै किसानले तोरी भित्र्याई सकेपछि प्रतिकेजी १५ रुपैयाँका दरले अनुदान रकम दिईने नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैंशीले बताए।
https://www.facebook.com/watch?v=1875400802974123
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology