• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि दिक्तेलको पोल्टामा

अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि दिक्तेलको पोल्टामा


समायोजन खबर
  • शुक्रबार, फाल्गुन १८ २०८०

  • समायोजन खबर खोटाङ, अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उचालेको छ।

    जन्तेढुंगा गाउँपालिका बाहेक नौ वटा अन्तरपालिकाबीच भएको प्रतिस्पर्धामा २५ स्वर्ण, दश रजत र छ कास्य ल्याएर प्रथम भएको दिक्तेलले नगद १५ हजारसहित शिल्ड हात पारेको छ।

    दिक्तेलको माटिकोरे खेलमैदानमा भएको प्रतियोगितामा नौ स्वर्ण, दुई रजत र छ कास्य ल्याएर दोश्रो भएको हलेसी तुवाचुङ नगरपालिकाले नगद १२ हजार र ट्रफि जितेको छ। आठ स्वर्ण, पाँच रजत, पाँच कास्य ल्याएर तेश्रो भएको केपिलासगढी गाउँपालिकाले नगद नौ हजार नगदसहित ट्रफि प्राप्त गरेका छन्।विजयी पालिकालाई बहुउद्देश्य कभर्डहल माटिकोरेमा भएको समापन कार्यक्रममा जिल्ला समन्वय समिति प्रखुम सन बहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर विशन राई लगायतले पुरस्कार वितरण गरेका थिए।

    सितोरियो कराते, तेक्वान्दो, भलिवल, एथलेटिक्स र कबड्डी विधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता गराउन कोशी प्रदेश खेलकुद विकास वोर्डबाट चार लाख २० हजार बजेट आएको जिल्ला खेलकुद विकास समिति खोटाङका कार्यालय प्रमुख लिलाभक्त केसीले बताए।

    प्रमुख केसीका अनुसार प्रतियोगितामा सहभागी विधार्थी खेलाडीहरुलाई छनौट समितिले प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराउन छनौट गर्ने र उनीहरुलाई प्र्रदेशसम्म जान र जर्सी खरीदमा चार लाख २० हजार बजेटले धान्नुपर्ने छ। प्रदेश स्तरीय प्रतियोगिताको मिति भने टुंगो लागेको छैन।


    जिल्ला खेलकुद विकास समिति उपाध्यक्ष रेणुका राईको अध्यक्षतामा १५ फागुनदेखि भएको प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति अध्यक्ष सुमन राई उपस्थित भएनन्। अध्यक्ष राईलाई सम्पर्क गर्दा व्यक्तिगत कामले काठमाण्डौ बाहिर निस्कन नसकेकाले उपाध्यक्षलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको बताउँछन्।

    तर, नवौं राष्ट्रिय प्रतियोगिता २०७८ मा खेलाडीलाई खरीद गर्नुपर्ने जर्सी र ट्रयाक खरीदको वजेट हिनामिना गरेपछि जिल्ला खेलकुद विकास समिति अध्यक्ष जिल्ला नफर्केको खेलकुदकर्मीहरु बताउँछन।
    खेलकुदका कार्यक्रम हुँदा जिल्ला खेलकुद विकास समिति अध्यक्ष राईले खेलका लागि आएको वजेट हिनामिना गरेको भन्दै विरोध हुने गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology