समायोजन खबर खोटाङ, १२ औं केपिलासगढी बाक्सिला रनिङ गोल्डकप प्रतियोगिताको पहिलो खेलमा नेर्पा स्पोर्टस क्लव र बाहुनीडाँडा फुटबल क्लवबीच प्रतिस्पर्धा हुने भएको छ।
आयोजक बाक्सिला फुटबल क्लव बाक्सिलाले शनिबार केपिलासगढी गाउँपालिकाको सभाहलमा खेलतालिका सार्वजनिक गर्दै २ फागुनदेखि पृथ्बी माबि बाक्सिलाको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा नेर्पा र बाहनीडाँडा आमनेसामने हुने जनाएको छ।
केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईसहित गाउँपालिकाका कर्मचारीको उपस्थितिमा सार्वजनिक गरिएको खेलतालिका अनुसार फागुन ३ गते दिउँसो १.३० बजे खारम्बु स्पोर्टस क्लब खार्मी र कटारी फुटबल क्लव उदयपुर र फागुन ४ गते दिउँसो १ बजे बाँझे स्पोर्टस क्लव र बाक्सिला फुटबल क्लव (ब्लु) तथा फागुन ४ गते दिउँसो ३ बजे भगवती स्पोर्टस क्लव खोटाङबजार र बाक्सिला फुटबल क्लव (रेड) बीच खेल हुने बाक्सिला फुटबल क्लवका सचिव पवन श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार नोकआउट विधिबाट सञ्चालन हुने प्रतियोगीताको पहिलो चरणमा पराजित भएर बाहिरिने चार टिमलाई प्रतिटिम नगद ३० हजार र दोश्रो खेलमा पुगेर पराजय बेहोर्दै बाहिरिने दुई टिमलाई प्रतिटिम ६० हजार प्रदान गरिनेछ। प्रतियोगितामा विजेता बन्ने टिमले नगद दुई लाख ५५ हजार २१२ र उपविजेता बन्ने टिमले एक लाख २८ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्।
करीव २२ लाख बजेटमा सम्पन्न हुने प्रतियोगिताको मुख्य प्रायोजन केपिलासगढी गाउँपालिका रहेको छ। प्रतियोगिताका लागि शुभेच्छुक तथा सहयोगीदाताबाट चन्दा समेत संकलन गरिएको बाक्सिला फुटबल क्लवका अध्यक्ष शिबकुमार राईले बताए।
मोफसलमा फुटबलको व्यवसायीक विकासका लागि विगत १९ वर्ष अघि सुरु गरिएको बाक्सिला गोल्डकपको १२ औं संस्करण केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।
११ औं बाक्सिला रनिङ गोल्डकपको उपाधि आयोजक बाक्सिला फुलबल क्लबले उचाल्दा सोल्मा स्पोर्ट क्लब सोल्मा उपविजेता बनेको थियो। २०६१ सालमा स्थापना भएको बाक्सिला फुटबल क्लवले जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनका लागि स्थापनाकै वर्षदेखि नै गोल्डकप सञ्चालन गर्दै आएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology