• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनौट प्रतियोगिता अनिश्चित

राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनौट प्रतियोगिता अनिश्चित


समायोजन खबर
  • आइतबार, माघ २१ २०८०

  • हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गरेको चौथो अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी विधार्थीहरु।फाइल तस्विर।

    समायोजन खबर खोटाङ, बजेट सुनिश्चित नहुँदा राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनौट प्रतियोगिता अनिश्चित भएको छ।

    कोशी प्रदेश खेलकुद विकास वोर्डबाट विनियोजन हुने बजेटमा केही ढिलाई हुने भएपछि राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनौट प्रतियोगिता अनिश्चित भएको जिल्ला खेलकुद विकास समिति खोटाङका कार्यालय प्रमुख लिलाभक्त केसीले बताए।

    जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले गत माघ ११ गते वैठक बसेर माघ २७, २८ र २९ गते जिल्ला छनौट प्रतियोगिता गराउने निर्णय गरेको थियो। तर, बजेट विनियोजनमा ढिलाई भएपछि माघ १९ गते राष्ट्रपति रनिङ शिल्ड जिल्ला छनौट प्रतियोगिता स्थगित भएको सूचना दशवटै स्थानीय तहलाई पठाईएको छ।

    यतिवेला जिल्लाको दुई नगरपालिका र आठ गाउँपालिकामा अन्तर मावि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरु भईरहेको छ। अधिकांश स्थानीय तहहरुले प्रतियोगिता नै सम्पन्न गरिसकेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology