समायोजन खबर खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्रोद्धय मावि ओख्रे प्रथम भएको छ। गाउँपालिकाभित्र सञ्चालित १४ वटा माविबीच गराइएको प्रतियोगितामा छ स्वर्ण, छ रजत र दुई कास्य पदकसहित ओख्रेडाँडागाउँमा सञ्चालित महेन्द्रोद्धय मावि प्रथम भएको हो।
प्रतियोगितामा चार स्वर्ण, चार रजत र दुई कास्य पदकसहित शान्ति मावि छोरम्बू दोस्रो भएको छ भने, तीन स्वर्ण, चार रजत र तीन कास्य पदकसहित सरस्वती मावि डाँडाखर्क तेस्रो भएको छ। माघ–१२ गतेबाट शुरु भएको प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकसहित शान्ति निकेतन मिनाकर्ण मावि चौथो तथा तीन स्वर्ण, एक रजत र चार कास्य पदकसहित याङसोला मावि सापातेल पाँचौँ भएको जनाइएको छ।
प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले क्रमश नगद १५, १२ र नौँ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको विद्यालय निरीक्षक रणशेर तामाङले जानकारी दिनुभएको छ। विजयी विद्यालय तथा विद्यार्थीलाई सोमबार साँझ छोरम्बुमा आयोजना गरिएको समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले नगदसहित पुरस्कार प्रदान गर्नुभएको छ।
प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष राईले खेल क्षेत्रको विकासका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ। “‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने सरकारको नारा नै छ। खेल क्षेत्रको विकासमा गाउँपालिकाले के गर्नुपर्छ त्यो गर्छौँ”, उहाँले भन्नुभयो, “हामीले हारलाई अवसरको रुपमा लिनुपर्छ। निरन्तर अभ्यास ग¥र्यौँ भने सफल भइन्छ। विद्यार्थी भाइबहिनीहरुले प्रतियोगितामा हार भयो भनेर निरुत्साहित हुने होइन। आगामी दिनमा अझ राम्रो गर्ने प्रयासरत रहनुपर्छ।”
अन्तर माविस्तरीय प्रतियोगितामा प्रथम भएका तथा छनोट परेका विद्यार्थीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने पाउने जनाइएको छ। प्रतियोगितामा जनसेवा मावि दिहुँ र पञ्चकौशिका मावि भण्डारेघाटले कुनै पनि पदक हात नपारेको आयोजकले जनाएको छ।
दश स्थानीय तह रहेको जिल्लामा जिल्लास्तरीय प्रतियोगिता यही माघ–२७, २८ र २९ गते दिक्तेलमा हुने जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिनुभएको छ। १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तरगत जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले उचालेकोको थियो।यो समाचार हलेसी खबर डटकमबाट साभार गरिएको हो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology