चिसाङ शेर्पा खोटाङ,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित जनता आधारभूत विद्यालयका विधार्थीहरु विद्यालय मूनिको टनेलामा दैनिक रुपमा फरक–फरक समयमा कृषि कर्म गर्छन् । कक्षा–६, कक्षा–७ र कक्षा–८ का जम्मा ३० जना विधार्थीले अहिले दिनमा ४५ मिनेट बारीमा गएर माटो र कुटोकोदालो समाउँछन्।
विद्यालयले ‘तरकारी फलफुल र अन्नबाली’ नामको स्थानीय पाठयक्रम तयार गरी तत्कालिन जिल्ला शिक्षा कार्यालयमा पेश गरेपछि २०७२ जेठ ११ गते शिक्षा कार्यालयले उक्त स्थानीय पाठयक्रमलाई स्वीकृत गरिदियो। त्यसपछि विद्यालयमा विद्यार्थीलाई कृषि कर्म सिकाउन थालियो।
विधार्थीलाई कृषि खेती सिकाउन विद्यालयको मूनि वार्षिक ५ हजार ५०० तिर्नेगरी विद्यालयले स्थानीय मनकुमार अधिकारीको डेढ रोपनी जग्गा भाडामा लिएको छ। त्यही जग्गामा कक्षा–६ का ११ जना, कक्षा–७ का सातजना र कक्षा–८ का १२ जना विधार्थीले ‘तरकारी फलफुल र अन्नबाली’ नामक स्थानीय पाठयक्रमको १०० पूर्णाङकमा ५० पूर्णाङको प्रयोगात्मक र ५० पूर्णाङको शैद्धान्तिक सिकाई गर्छन। 
बारीमा बिद्यालयले एउटा र वडा कार्यालयले एउटा टनेला बनाएको छ। टनेलाभित्र विधार्थीले टमाटर, खुर्सानी, लसुन, साग, बन्दा, काउली, भुई स्याउँ, च्याउँ, आलु, प्याज, काक्रा, भटमास, सयपत्री फुल, सिमी, बोडी, लगायत मौसमी र बेमैसमी तरकारी उत्पादन गर्छन्।
कृषि खेतीलाई मलका लागि विद्यालयको चर्पीबाट बेग्लै पिसाब संकलन गर्ने गरेको छ। १ हजार लिटरको ट्याङकीमा जम्मा गरिएको पिसाबलाई शिक्षक र विधार्थी मिलेर तरकारीका विरुवाहरुमा लगाईने गरेको छ। मल अपुग हुँदा विधार्थीहरुले घरबाट समेत ल्याउने गरेको प्रधानाध्यापक झमप्रसाद आचार्यले बताउँनुभयो।
विधार्थीले उत्पादन गरेको तरकारी, फलफुल र अन्नहरु गाउँघरमै बिक्री हुने गरेको छ। गाउँघरमा विक्री भईनसकेको तरकारी, फलफुल र अन्न बिक्री गर्न बिधार्थीले स्थानीय बजारहरुमा लाने गरेका छन्। एकपटक विधार्थीले उत्पादन गरेको टमाटर बजारमै लगेर बिक्री गरिएको प्रअले आचार्य बताउँनु हुन्छ।
विधार्थीले उत्पादन गरेको ५०० केजीभन्दा बढी भुई स्याउँमध्ये गाउँघरमा १००/२०० केजी विक्री भयो। बाँकी दिक्तेल बहुमुखी क्याम्पसको पुराण कार्यक्रममा लगेर दान गरेका थियौ। प्रअ आचार्य भन्नुभयो।
जग्गाको भाडा विधार्थीले उत्पादन गरेको तरकारी बेचेरै कमाई भएको पैसाबाट तिर्ने गरेको कृषि शाखा संयोजक शिक्षक डम्बर प्रसाद बास्तोलाले बताउनुभयो। विधार्थीले उत्पादन गरेको कृषि उपजहरु र बिक्री वापत कमाई भएको पैसाको हिसाबकिताब शिक्षक बास्तोलाले नै राख्ने गर्नुभएको छ।
https://www.facebook.com/samayojankhabar/videos/291563730233767
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology