समायोजन खबर खोटाङ, कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ भोली खोटाङको हलेसी आउने भएका छन्।
हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटनका निम्ति मन्त्री गुरुङ हलेसी आउने कार्यक्रम तय भएको हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले जानकारी दिनुभयो।
मन्त्री गुरुङले अर्खौलेस्थित सालपा खेलमैदानमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शनिबार बिहान ११ः३० बजे उद्घाटन गर्ने कार्यक्रम छ।
संघीय सरकारको सशर्त बजेट एक लाख र नगरपालिकाको नौ लाखसहित दश लाखमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुनेछ। ३० स्वर्ण पदकका लागि हुने प्रतियोगितामा नगरभित्रका १२ वटा मावि र दुईवटा संस्थागत विद्यालयको सहभागिता हुनेछ।
प्रतियोगितामा छात्रातर्फ २९० जना र छात्रतर्फ २६१ जना विधार्थी खेलाडी सहभागी हुनेछन्। प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डका साथमा मेडल र प्रमाणपत्र पाउने नगरपालिकाले जनाएको छ । दोश्रो र तेश्रो हुने विद्यालयले कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
प्रत्येक विधामा प्रथम, दोश्रो र तेश्रो हुने विधार्थी खेलाडीले ट्रफी प्राप्त गर्ने जनाईएको छ। प्रतियोगितामा सहभागी हुने विद्यालयलाई दुरीको आधारमा खर्च दिईने नगरपालिका श्रोतले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology