• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

घट्यो गाडी भाडा

घट्यो गाडी भाडा


समायोजन खबर
  • सोमबार, माघ ८ २०८०

  • यातायातको भाडादर घटाउने विषयमा छलफलमा सहभागीहरु।

    समायोजन खबर खोटाङ,खोटाङबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायातमा भाडादर घटाईएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्रफिक प्रहरी कार्यालय र सरोकारवालाहरुको घनिभूत छलफलले भाडादर घटाएको हो।

    नगरपालिकाको सभाहलमा माघ ५ र ६ गते यात्रुबहाक बस सञ्चालक कम्पनीसँग र माघ ७ गते सुमो(जीप)अटो र भेन सञ्चालकहरुसँग छलफल गरेर भाडादर घटाईएको नगरपालिका श्रोतले जानकारी दिएको छ।घटाईएको भाडादर।

    खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङका अनुसार अब बसमा दिक्तेल–खुर्कोट ९५०, दिक्तेल–काठमाण्डौ १३००, दिक्तेल–रसुवा–गाईघाट–धरान रुटमा दिक्तेल–गाईघाट १०००, दिक्तेल–ईटहरी १३००, दिक्तेल–धरान १३५० र दिक्तेल–कटारी–धरान–विराटनगर–काँकडभिट्टा रुटमा दिक्तेल–कटारी १०००, दिक्तेल–मिर्चैया ११००, दिक्तेल–लाहान १२००, दिक्तेल–ईटहरी १४५०, दिक्तेल–धरान १५००, दिक्तेल–बिराटनगर १५५० र दिक्तेल–काँकडभिट्टा १७५० रुपैयाँ नयाँ भाडार कायम गरिएको छ।घटाईएको भाडादर।

    दिक्तेल–भोजपुर अन्तर्गत दिक्तेल–चखेवा ५५०, दिक्तेल–भोजपुर ८००, दिक्तेल–मानेभन्ज्याङ ५३०, दिक्तेल–रोक्सिम भन्ज्याङ ६००, दिक्तेल–खोटाङबजार ७०० भाडादर तोकिएको छ। बसले सेवा दिईरहेका जिल्लाभित्रका सम्पूर्ण स्थानको भाडा घटाईएको महासचिव हिङमाङको भनाई छ।घटाईएको भाडादर।

    लामो दुरीमा चल्ने सुमोले सबै ठाउँको १००–१०० रुपैयाँ भाडा घटाउने र भेनले दिक्तेलबाट मुडेसम्मको १००, हुर्लुङ १५०, नुनथला २००, महुरे २५०, अर्खौले ३०० र हलेसी ३५० भाडा लिनुपर्नेछ। भेनले दिक्तेलबाट हलेसी रिजर्भ जाँदा ३ हजार ५०० रुपैयाँ मात्रै लिन पाउने छन्। अटोहरुले जहाँ–जहाँ सेवा दिईरहेकोमा ५० रुपैयाँ घटाउने र दिक्तेलको रत्नपार्कदेखि जिल्ला अस्पतालसम्म बिरामी लानु परेमा बिरामी र सहयोगीको २५० र बिरामीसहित ३ जना भएमा ३५० लिने निर्णय भएको छ।

    दिक्तेलको आचार्य गाउँमा रहेको बसर्पाकमा दैनिक पाँचवटा बस लैजाने र त्यहाँ इन्ट्री गरेर मात्रै माथि आउन पाईने, यात्रु लिन सोल्मा बसपार्कमा बस अनिवार्य जानुपर्ने र आन्तरिक रुपमा चल्ने यातायातका साधन सोल्मा बसपार्क लैजाने निर्णय भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताउनुभयो। सडकको दाँयाबाँया यत्रतत्र गाडी पार्किङ गर्न नपाइने, यदि पार्किङ गरेमा कानून अनुसार कारबाही प्रक्रियामा जाने मेयर भट्टराई बताउनुहुन्छ।
    भाडादर अझै स्थायी बनाउन केही दिनमा बस, सुमो, अटो, भेन सञ्चालक समितिबाट एक/एकजना, उधोग वाणिज्य संघ, ट्राफिक प्रहरी, पत्रकार महासंघ, नागरिक समाज, दस स्थानीय तहका एक–एक जना प्रतिनिधि राखेर समिति निर्माण गरी बैज्ञानिक तबरबाट भाडा तोकिने र त्यसैलाई स्थायी रुपमा निरन्तरता दिने छलफलले निर्णय गरेको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology