• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलबाट अख्तियारले उजुरीसँग सम्बन्धित कागजपत्र लियो

दिक्तेलबाट अख्तियारले उजुरीसँग सम्बन्धित कागजपत्र लियो


समायोजन खबर
  • मंगलबार, माघ २ २०८०

  • समायोजन खबर खोटाङ, अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट उजुरीसँग सम्बन्धित कागजपत्र लिएको छ।

    विभिन्न योजनाहरुमा परेको उजुरी सम्बन्धी कागजपत्र लिईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले बताए।

    कुन–कुन र कतिवटा योजनामा उजुरी परेको छ भन्ने अख्तियारले खुलाएको छैन।

    उजुरीसँग सम्बन्धित कागजपत्र पठाईदिन भनि नगरपालिकालाई १५ दिन म्याद राखेर पत्र काटेका हुन्छौ तर, नगरपालिकाहरुले डकुमेन्टहरु ढिला पठाउँछन हामीलाई चाँडै चाहिएको हुन्छ र म्याद तोकेको १५ दिनभन्दा अघि त्यहाँ(दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा) भोली ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन विषयक स्थानीय तहस्तरीय अन्तक्रिया कार्यक्रम’ पनि गर्ने र डकुमेन्टहरु पनि लिएर आउने भनेर उजुरीसँग सम्बन्धित डकुमेन्टहरु, प्रमाणित प्रतिलिपिहरु नगरपालिकाबाट अनुसन्धानका लागि लिएर आएको हो। खत्रीले भने, छापा हानेको चाँहि हैन। लिनुपर्ने डकुमेन्ट लिएर आएको मात्रै हो।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र अख्तियारलाई जोडेर सामाजिक सञ्जालमा अर्नगल प्रचारप्रसार भएपछि मेयर तीर्थराज भट्टराईले “हामीले बोलाएर अख्तियार आएको” जानकारी दिनुभएको छ।

    मेयर भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् “हामीले बोलाएर अख्तियार आएको हो, साथीहरुले किन हाउगुजी गर्नुभएको ? भोली नगरमा अख्तियारसँग अन्र्तक्रिया छ सरोकारवाला सबैलाई हार्दिक निम्तो छ।”

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology