समायोजन खबर खोटाङ, खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी छेतुवाकी टंक माया खड्काको घरमा आगलागी हुँदा ८ लाख बराबरको क्षति भएको छ।
सामेबार (आज) दिउँसो २ बजे घर नजिकै बाँसको पत्कर डढाउने क्रममा अचानक आगोले ढुंगा माटोको गारो र खरको छाना भएको दुई तले घर पूर्णरुपमा जल्दा उक्त क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीबाट घरभित्र रहेको अन्नपात, काठपात, लत्ताकपडा, भाडावर्तन पूर्णरुपमा जलेको थियो।
आगोलाई प्रहरी निरीक्षक राजु निरौलाको कमाण्डमा ईलाका प्रहरी चौकी चिसापानीबाट खटेको १५ जना प्रहरी र स्थानीयबासीले दिउँसो ३ बजे नियन्त्रणमा लिएका थिए। आगलागीबाट मानवीय र पशु चौपायामा क्षति नपुगेको प्रहरीले जनाएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology