• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दोश्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा च्याम्पियन बने दोर्पा

दोश्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा च्याम्पियन बने दोर्पा


समायोजन खबर
  • शनिबार, पौस २८ २०८०

  • समायोजन खबर खोटाङ, खोटाङको नेर्पामा सम्पन्न ‘दोश्रो नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल’ प्रतियोगितामा दोर्पा च्याम्पियन बनेको छ।

    नेर्पा स्पोर्टस क्लब नेर्पाको आयोजनामा क्लबको खेलमैदान नेर्पामा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक नेर्पा स्पोर्टस क्लब(बि)लाई १–२ गोल अन्तरले पराजित गर्दै दोर्पा स्पोर्टस क्लब दोर्पा च्याम्पियन बनेको हो।

    प्रतियोगिताका च्याम्पियन दोर्पाले नगद १ लाख ५० हजार र उपविजेता नेर्पाले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। प्रतियोगितामा दोर्पाका तर्फबाट बिजु भुजेलले दुई गोल गरेका थिए । नेर्पाका तर्फबाट सुरज राईले एक गोल गरेका थिए।
    सेमिफाइनलिष्ट भएका रतन्छा स्पोर्टस क्लब र दोर्पा स्पोर्टस क्लब बुवासुङले २५–२५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन्।

    प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी दोर्पाका बिजु भुजेल भए। भुजेलले ५ हजार नगद पुरस्कार पाएका छन्। वेष्ट कोच दोर्पाका दिपेश राई भए। उनले २ हजार ५००, हाईस्कोरर दोर्पाकै विकी राई भए। उनले ४ हजार पाए। वेष्ट डिफेण्डर नेर्पाका शरद गुरुङ, वेष्ट स्ट्राइकर नेर्पाकै सुनिल खड्का, वेष्ट मिड फिल्डर दोर्पाका शरद राई, राइजिङ प्लेयर नेर्पाका प्रजल गुरुङ र वेष्ट गोल रक्षक नेर्पाकै बादल राई भए। उनीहरुले जनही दुई हजार ५०० सँगै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे।

    विजेतालाई प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राई लगायतले पुरस्कार र विधागत पुरस्कार वितरण गरेका थिए।

    प्रतियोगिता २२ पुसदेखि सुरु भएको थियो। प्रतियोगितामा १८ टिमले सहभागिता जनाएका थिए। पहिलोे नेर्पा भुलभुले अन्तर वडास्तरीय पुरुष फुटबल’ प्रतियोगितामा भोजपुर खावा च्याम्पियन बनेको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology