समायोजन खबर खोटाङ, खोटाङमा अग्नी पीडित परिवारले राहत पाएका छन्। दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका अग्नी पीडित रामबहादुर सार्कीको परिवारले राहत पाएका हुन्।
घरमा राखिएको मिटरबक्सबाट गत शनिबार विधुत सर्ट भई पूर्णरुपमा घर जलेर विस्थापित भएका सार्की परिवारले आज (सोमबार) जिल्ला प्रशासन कार्यालय खोटाङको जिल्ला विपद राहत कोषबाट १५ हजार र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङबाट अत्यावश्यक सामाग्रीसहितको राहत पाएका छन्।
अग्नी पीडित परिवारलाई रेडक्रसबाट त्रिपाल १ थान, भाडाकुडा २ सेट, कम्वल ४ थान, म्याट्रेस २ थान, साडी ४ थान, बाल्टी २ थान, प्रिन्ट कपडा २ पिस, साधा कपडा २ पिस, सुटिङ कपडा २ पिस र डोरी १ सेट प्रदान गरिएको रेडक्रस सभापति ज्ञानेन्द्र जोशीले जानकारी दिए।
प्रशासनका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह राहत वितरण गर्न पुगेका थिए।
आगलागी हुँदा सार्कीको जस्तापाताले छाएको तीनतले घर, घरमा भएको नगद एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपूर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपात, काठपात लगायतका सामग्री जलेर नष्ट हुँदा १५ लाख बढीको क्षति भएको थियो।
घर जलेर नष्ट भएपछि आगलागी पीडित सार्की परिवार १७ दिनको सुत्केरीसहित अहिले आगलागीबाट ध्वस्त बनेको घर नजिकै रहेको मतानमा बसिरहेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology