समायोजन खबर खोटाङ, खोटाङमा लम्पी स्किनले ७९४ वटा पशु चौपया मरेको छ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङका फोकल पर्सन पशु विकास अधिकृत डा.वर्जेश यादवका अनुसार साउन मसान्तसम्म उक्त संख्यामा गोरु मरेको हो।
यादवका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५७ वटा, हलेसी तुवाचुङ नगरपालिकामा ३३ वटा, रावाबेंशी गाउँपालिकामा ८४ वटा र केपिलासगढी गाउँपालिकामा ५१ वटा गोरु मरेको थियो।
ऐसेलुखर्क गाउँपालिकामा ६६ वटा, साकेला गाउँपालिकामा ७९ वटा, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा २८४ वटा, खोटेहाङ गाउँपालिकामा ४० वटा, जन्तेढुंगा गाउँपालिकामा २४ वटा र बराहपोखरी गाउँपालिकामा ७६ वटा गोरु मरेको थियो।
लम्पी स्किनबाट गोरु गुमाएका किसानलाई कुनै पनि स्थानीय सरकारले राहत नदिएको पाईएको छ। लम्पी स्किनले गोरु मर्दा यसवर्ष धान उत्पादनमा कमी आएको छ।
जिल्लाभरी १२ हजार ८९८ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेकामा यसवर्ष १२ हजार १२४ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा २७ हजार २७९.३ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology