• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

प्रधानाध्यापक र गणित विषयका शिक्षकलाई क्षमता अभिबृद्धि तालिम

प्रधानाध्यापक र गणित विषयका शिक्षकलाई क्षमता अभिबृद्धि तालिम


समायोजन खबर
  • शनिबार, मंसिर ३० २०८०

  • समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा प्रधानाध्यापक र गणित विषयका शिक्षकहरुका निम्ति दुई दिने क्षमता अभिबृद्धि तालिम शुरु भएको छ।

    गाउँपालिकाको आयोजनामा पालिकाभर रहेका ४९ सामुदायिक विद्यालयका प्रअ र गणित विषयका शिक्षकहरुलाई तालिमको आयोजना गरिएको हो।

    विद्यालयका प्रअ र गणित विषयका शिक्षकहरुलाई शिक्षण सिकाई तथा कक्षाकोठा व्यवस्थापन, विद्यार्थीको निरन्तर मूल्याङ्कन पद्धति र गणित बिषयका शिक्षकहरुको क्षमता अभिबृद्धि गराउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मणिकुमार गिरीले जानकारी दिए।

    गिरीका अनुसार शिक्षा विज्ञहरु जयकुमार राई, नारायणकृष्ण श्रेष्ठ र सिद्धराज मिश्रले तालिमको सहजीकरण गरिरहेका छन्।

    गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राईको अध्यक्षता तथा शिक्षा विज्ञ जयकुमार राईको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अरुणा थापामगर, निमित्त प्रमुख प्रशासकिय अधिकृत पिएस्पी चाम्लिङ राईको उपस्थिति थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology