चिसाङ शेर्पा खोटाङ,खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङस्थित दोरुङमा रहेको शारदा आधारभूत विद्यालयले मागेर पानी पिउनुपर्ने बाध्यता छ। यो विद्यालयले हप्ता, महिना, वर्ष हैन स्थापनाकाल(२०१६) सालदेखि हालसम्म(६४ वर्ष)मागेर पानी उपभोग गर्नु परिरहेको छ।
विधालयमा रहेको दुईकोठे शौचालयमा पानी प्रयोग गर्न हिलट्याङकीमा दैनिक पानी भरेर जोहो गर्नुपर्छ। विधार्थीहरुले विद्यालय समयसम्म पानी पिउनलाई रुटिङ बनाएर डियुको बोतल र जर्किनमा पानी भर्नुपर्छ। शिक्षकले आ-आफ्नो बोतलमा भरेर संचित गर्छन्। अफिसलाई डियुको बोतलमा पानी भरेर राखिन्छ।
शारदा आधारभूत विद्यालयमा पानी ल्याउन राखिएको पाईप। तस्विर,चिसाङ शेर्पा
शौचालयका लागि र पिउनका निम्ति आउने पानी विद्यालयको नभएर नजिकै रहेको व्यक्तिको घरको धाराको पानी हो। ब्यक्तिको धाराबाट पाइप तानेर मागेर चलाईरहेको पानी व्यक्तिले नदिएमा विद्यालयमा पानीको हाहाकार हुन्छ,काकाकुल हुने गर्दछ।
विद्यालयमा कार्यरत शिक्षक जिबन वास्तोलाका अनुसार विद्यालयको आफ्नै खानेपानीको धारा छैन। पानी मागेर उपभोग गर्नुपर्छ। जुन अत्यन्तै दुःखद र पीडादायी हो।खाना(पिउन)लाई व्यक्तिले खोल्साबाट पानी ल्याएको छ,पानीको ट्याङकी छैन। व्यक्तिको घर विद्यालयकै गेटैमा छ। उहाँलाई पानी मागेर पाइपबाट तानेर विद्यालयभित्र पानी ल्याएर प्रयोग गर्ने गरेका छौ। शिक्षक वास्तोलाले भन्नुभयो।
पानीको आफ्नै धारा नभएपछि १० बजे विद्यालयमा आई पानी जोडेर विद्यालयमा रहेको ५०० लिटरको हिलट्याङकीमा जम्मा गर्छौ। त्यो पानी चाँहि शौचालय प्रयोगलाई हो। विधार्थीहरुले भने रुटिङ बनाएर जर्किन र जम्बो डियुको खाली बोतलमा दैनिक पानी जम्मा गरेर खाने गर्छन्। शिक्षक वास्तोलाले भन्नुभयो, ‘त्यति नगरे विद्यालयमा पानी पिउनै पाईन्दैन।’ शिक्षकहरुले बोतलमा घरैबाट पानी ल्याउनुुहुन्छ। अफिसका लागि पनि डियुको बोतलमा भरेर राख्छौ।
विद्यालयका विधार्थीले पानी भर्न राखेका जर्किन र डियुका बोतल। तस्विर, चिसाङ शेर्पा
तीनजना स्थायी शिक्षक दरबन्दी(प्रधानाध्यापक ईमान कुमारी राई, शिक्षक जिबन वास्तोला र निर्मला कार्की) बालकक्षा शिक्षकद्धय पुष्पा राई, अनिता राई, कार्यालय सहयोगी रेख बहादुर राई र ४७ जना विधार्थीसहित ५३ जना जनशक्ति भएको विद्यालयमा खानेपानी नहुनाले पानीकै जोहो गर्न र भर्ने कामले कतिपय समयमा पठनपाठनलाई नै असर गरिरहेको शिक्षकहरु बताउँछन्।
विद्यालयमा पानी व्यवस्थापनका निम्ति चालू आर्थिक वर्षमा वडाबाटै बजेट विनियोजन गरिएकाले यो वर्षभित्र नै विद्यालयमा पानीको दिगो व्यवस्थापन हुने लफ्याङका वडाध्यक्ष एवंम् वडा शिक्षा समिति संयोजक दिनेश घिमिरेले बताउनुभयो।
दलित समुदायका बालबालिकाले धानेको विद्यालय
नेपालका सामुदायिक विद्यालयहरुले विधार्थी नपाउँदा दिनदिनै रितिन थालेको छ। शारदा आवि पनि अछुतो छैन। विद्यालयका कूल विधार्थी(४७ जना)मा करीव ५० प्रतिशत विधार्थी दलित समुदायका बालबालिका र बाँकी निम्न आयश्रोत भएका अभिभावकका बालबालिका अध्ययन गरिरहेको शिक्षक वास्तोला बताउँछन्।
शारदा आधारभूत विद्यालय। तस्विर, चिसाङ शेर्पा
लफ्याङको सार्की टोल र दमाई टोलका १८ जना दलित समुदायका बालबालिका अध्ययनरत यस विद्यालयको बालकक्षा अन्तर्गत युकेजीमा पाँचजना, नर्सरीमा दशजना, कक्षा–१ मा चारजना, कक्षा–२ मा आठजना, कक्षा–३ मा पाँचजना, कक्षा–४ मा आठजना र कक्षा–५ मा सातजना विधार्थी अध्ययनरत रहेको विद्यालयले जनाएको छ।
विद्यालयमा पठनपाठन गराउन कक्षाकोठा अभाव नभएको,बहुकक्षा शिक्षण नभएको तर, विद्यालयमा जिर्ण अवस्था रहेको दुईकोठे एउटा भवन रहेकामा एक कोठालाई सामान्य रुपमा चलाईएको र अर्को कोठामा झ्यालढोका नभएकाले अफिस कोठामै साउण्ड सिस्टम, कम्प्युटर तथा विभिन्न सामान राख्नाले अफिस कोठा साँघुरो भएकाले एउटा नयाँ भवन निर्माण भएमा प्रयोगशाला, शैक्षिक सामाग्रीको रुपमा र स्टोरलाई व्यवस्थापन गर्न सकिने विद्यालयले जनाएको छ।
विद्यालयमा पूरानो मोडलको दुई कोठे शौचालय रहेको छ। विद्यालयलाई आर्कषक रुपमा घेराबारा गरिएको छ। हेर्नुहोस भिडियो समाचार
https://www.facebook.com/samayojankhabar/videos/7079548562111373
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology