• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शुभद्रा-मदन फाउन्डेसनका बालबालिकासँग ओली (फोटोफिचर)

शुभद्रा-मदन फाउन्डेसनका बालबालिकासँग ओली (फोटोफिचर)


समायोजन खबर
  • बुधबार, मंसिर २७ २०८०

  • जनजागृति माध्यमिक विधालयका बालबालिकासँग केपी शर्मा ओली।

    समायोजन खबर खोटाङ, नेकपा एमाले अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जीवन उपयोगी शिक्षा सिकाई रहेको खोटाङको पूर्ण आवासीय विद्यालयका बालबालिकासँग भेटघाट गरेका छन्।
    शुभद्रा–मदन फाउण्डेसनको सहयोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्मा डाँडागाउँमा अवस्थित जनजागृति माध्यमिक विधालयका बालबालिकासँग बुधबार बिहान विद्यालयमै पुगेर ओलीले भेटघाट गरेका हुन्।
    नेकपा एमालेको ‘झुलाघाट चिवाभन्ज्याङ संमृद्धिका लागि संकल्प यात्रा’क्रममा मंगलबार साँझ दिक्तेल आएका ओलीले आज बिहान विधार्थी बालबालिकासँग भेटघाट गरेका हुन्। ओलीले विधार्थी बालबालिकासँग हात मिलाउँदै फोटो खिचाएका थिए। ओलीलाई विद्यालयका विधार्थीहरुले फुलका गुच्छाले स्वागत गरेका थिए।
    ओलीलाई विद्यालयका प्रधानाध्याकप पदम राईले विद्यालयको अवधारणा पत्र बुझाउनु भएको छ। फाउण्डेसनका प्रबन्ध निर्देशक सुर्य राईले मायाको चिनो स्वरुप स्थानीय स्तरमा उत्पादित कठुवा र विद्यालय परिसरको फोटो प्रदान गर्नुभएको छ।
    ओली विधार्थी बालबालिकासँग भेटघाट गरेर मध्यपहाडी(पुष्पलाल)लोकमार्ग हुँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका जनतासँग भेटघाट र विकास अवलोकन गर्न हिडेका छन्।
    निर्मलीडाँडाको पेलुङमा जनतासँग भेटघाटपछि साकेला गाउँ कमिटीको व्यवस्थापनमा चखेवाभन्ज्याङमा संकल्प यात्रा अभियानका यात्रीहरुलाई सुन्तलाको माला लगाई भोजपुरका लागि विदाई गरिने कार्यक्रम रहेको नेकपा एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology