• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लालुपाते सहकारी प्रकरण : चारजना कारागार चलान,पाँचजना धरौटीमा छुटे

लालुपाते सहकारी प्रकरण : चारजना कारागार चलान,पाँचजना धरौटीमा छुटे


समायोजन खबर
  • बिहिबार, मंसिर २१ २०८०

  • समायोजन खबर खोटाङ, खोटाङको लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रकरणमा चारजना कारागार चलान भएका छन्। खोटाङ जिल्ला अदालतमा १३ मंसिरमा दर्ता भएको ठगी सम्बन्धी कसूरका ३५ प्रतिवादीमध्ये चारजना आज बिहीबार कारागार चलान भएका हुन्।

    पुर्पक्षका लागि कारागार चलान हुनेमा सहकारीका तत्कालिन अध्यक्ष मृतक अनिल जोशीका भाई सुनिल जोशी, जोशीका श्रीमती रविना श्रेष्ठ, प्रबन्धक रुकु श्रेष्ठ र ऋणी जसुदा पौडेल कारागार चलान भएको खोटाङ जिल्ला अदालतका श्रेस्तेदार सिताराम खड्काले बताउनुभयो।

    सुनिल र उनका श्रीमती रविना १३ असोजमा, प्रबन्धक जोशी १७ असोजमा काठमाडौँबाट पक्राउ परेका थिए ।

    सहकारीका लेखा समिति संयोजक प्रितम श्रेष्ठ, लेखापाल सुमना राई र कोषाध्यक्ष रमा शाक्य १०–१० लाख र सहकारी सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाँई र सचिव मनोज राई ५–५ लाख धरौटीमा छुटेको श्रेस्तेदार खड्काले बताए।

    सहकारी सञ्चालक समिति सदस्य तथा लेखा समिति संयोजक र लेखापाल १२ कार्तिकमा दिक्तेलबजारबाट पक्राउ परेका थिए।

    अन्य फरार २५ जना प्रतिवादी अदालतमा हाजिर भएपछि साँक्षी प्रमाण बुझेर मात्रै फैसला हुनेछ। बचतकर्ता पदम कुमारी सैंजु समेत २६५ जना बचतकर्ताको जाहेरीमा सरकारी वकीलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम ४ करोड ४० लाख ६१ हजार १८ रुपैयाँ सहकारी विरुद्ध बिगो मागदाबीसहित अभियोगपत्र अदालतमा दर्ता गराएका थिए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology