चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको वसन्त पञ्चमी प्राथमिक विद्यालयले एउटै कोठामा विधार्थी राखेर पठनपाठन गराईरहेको पाईएको छ।
उक्त विद्यालयले बालबिकासका २ जना र कक्षा–१ का १ जना विधार्थीलाई एउटा कक्षामा तथा कक्षा–२ का ४ जना, कक्षा–३ का १ जना र कक्षा–४ का १ जना विधार्थीलाई एउटा कोठामा राखेर तीन महिनादेखि अध्यापन गराईरहेको हो। यो विद्यालयमा बालबिकाससहित कक्षा–४ सम्म ९ जना मात्रै विधार्थी अध्ययनरत छ।
साउन भदौको विद्यालय विदामा धमिराले काठ(डेस्क,बेन्च लगायत काठ)खाएपछि काठ सुकाएर स्टोर गर्दा कक्षा–४ र कक्षा–२ को कोठा ओगटेकाले एकै ठाउँमा बहुबर्ग शिक्षण गर्नु परेको विद्यालयका प्रधानाध्यापक तिलक श्रेष्ठले बताए।
तिलक श्रेष्ठ
यसरी एकै ठाउँमा विधार्थीलाई पढाउँदा असर पुग्दैन भन्ने प्रश्नमा प्रअ श्रेष्ठले भने, ‘लामो समय बहुबर्ग शिक्षण विधि अपनाएर लामो समयसम्म एउटै कक्षाकोठामा राखेर अध्यापन गराउँदा असर पर्ने देखियो। तथापी फर्निचरलाई व्यवस्थापन गर्छौ। कक्षा सुचारु गर्छौ। अलग–अलग कक्षा व्यवस्थापन गर्न सक्षम छौ।’ त्यो कहिलो हुन्छ ? भन्दा एक सातामा आ–आफ्नो कक्षाकोठामा पढाई हुने प्रअ श्रेष्ठले बताए।
सबै विधार्थीलाई एउटै कक्षाकोठामा पढाईरहेको देखेपछि १०–१५ दिन अघि नै आफ्नो–आफ्नो कक्षामा पढाउन सुझाव दिईसकेको बाम्राङका वडाध्यक्ष एवंम् वडा शिक्षा समिति संयोजक महेन्द्र बहादुर राईले बताए। एकैजना विधार्थी भए पनि आफ्नो कोठामा पढाउनुहोस भनिसकेको छु। एकैजना भए पनि उसले पढ्न पाउने नैसर्गिक अधिकार खोसिनु भएन भनेको छु। वडाध्यक्ष एवंम् वडा शिक्षा समिति संयोजक राईले भने।
कक्षा–१ देखि कक्षा–३ सम्म बहुबर्ग शिक्षण गर्न पाउने तर, कक्षा–४ लाई बहुबर्ग शिक्षण गराउने नपाईने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको शिक्षा शाखा प्रमुख तीर्थ बहादुर विश्वकर्माले बताए। अन्य कुरा समस्या हेरेर मात्रै भन्न सकिने विश्वकर्माको भनाई छ।
रितिन्दै विद्यालय
यो विद्यालयमा दुई जनाको स्थायी दरबन्दी छ। जसमा प्रअ श्रेष्ठ र शिक्षिका शुशिला शर्मा। बालबिकासमा तुलसा हिङमाङ छन्। एकजना कार्यालय सहयोगी। तर, विधार्थी ज्यादै कम छ। शैक्षिक सत्रको सुरुवातमा कक्षा–१ मा ७ जनाले भर्ना गरे। भर्ना भएकाका ७ मध्ये आकृति परियार बाम्राङकै सावित्रा मावि, तेज विशंखे याम्खा, रमेश राई समावि दिक्तेल, निशा राई र निशान राई तथा आरुष हिङमाङलाई परिवारले काठमाण्डौ लगेपछि अहिले कक्षा–१ मा १ जना मात्रै(सबिन कटवाल) विधार्थी छन्।
कक्षा–२ मा ५ जना भर्ना भए । अहिले ४ जना मात्रै विधार्थी कक्षामा आउँछन् । देवीकला राई समावि दिक्तेल गईन्। कक्षा–३ मा ४ जना भर्ना भए तर, १ जना मात्रै विधार्थी(सोफेस हिङमाङ)अध्ययन गर्न आउँछन्। नेत्र विशंखे याम्खा, अनुशा बिक समावि र आस्तिका राई बालबिकास प्रावि बाम्राङ गईन्।
कक्षा–४ मा पनि ४ जनाले भर्ना गरे। तर अहिले १ जना मात्रै विधार्थी(सपिक्क्षा हिङमाङ) अध्ययन गर्छन् । रुपेस राई समावि दिक्तेल गए। तुलस नेपाली र प्रकृति परियार नपढी घरमै बसिरहेको विद्यालयले जनाएको छ।
बालबिकासमा ५ जना भर्ना भए । तर, भर्ना भएका शेखामाया जोशी नीजि स्कुल गए। प्रशंसा दर्नाल र भावना ढकाल घरमै बसिरहेका बालबिकासका शिक्षिका तुलसा हिङमाङले बर्ताइन्।
भर्ना भईसकेका विधार्थीहरु पनि नजिकैको विद्यालयमा गएपछि विधार्थी संख्या कम भएको प्रअ श्रेष्ठ बताउँछन्। पठनपाठन गतिलो नभएर विधार्थी अन्त गएको हो ? भन्ने प्रश्नमा प्रअ श्रेष्ठले पठनपाठन अरु विद्यालय भन्दा कम नरहेको जिकिर गरे।
हाम्रो विद्यालयमा भर्ना भएका विधार्थी अधिकांश दलित समुदायका भएकाले छात्राबृत्तिका लागि २–३ वटा विद्यालयमा भर्ना गर्नेे र दुबैतिरबाट लाभान्बित हुने मनासयले हाम्रै विद्यालयमा भर्ना भई पोशाक, पुस्तकको सुविधा लिने र कता सजिलो त्यतै अध्ययन गर्नाले विधार्थी कमी भएको देखियो। प्रअ श्रेष्ठले भने।
जीर्ण छ भवन
विद्यालयको तीनवटा भवनहरु जीर्ण छ। २०४९ सालमा निर्माण गरिएको कच्ची भवनलाई २०७२ सालको भूकम्पले थिलथिलो बनाएको छ। विद्यालयसँग २ रोपनी १४ आना मात्रै जमिन छ। तर, विद्यालयको बलेसीदेखि व्यक्तिको जग्गा छ। विधालयको अनुरोधमा व्यक्तिको जग्गालाई सम्याएर विद्यालयको प्राङगण बनाईएको छ।
वसन्त पञ्चमी प्रावि भवन।
वरीपरी घेराबारा गरिएको छ। बाम्राङमा जम्मा ६ विद्यालय छन्। सुर्केडाँडा निमावि, सावित्रा मावि, शिद्धेश्वरी प्रावि संखु, जनता प्रावि रातापानी, बालबिकास प्रावि र बसन्त पञ्चमी प्रावि छन्।
एकजना दरबन्दी र एकजना बालबिकास शिक्षिका भएको बालबिकास प्रावि बाम्राङमा पनि विधार्थी ज्यादै कम छ। त्यहाँ बालबिकासमा ११ जना, कक्षा–१ मा ५ जना, कक्षा–२ मा २ जना, कक्षा– ३ मा २ जना विधार्थी रहेको प्रधानाध्यापक लक्ष्मी राईले बताईन्। भर्ना भईसकेका विधार्थीलाई पनि अभिभावकले निकालेर नीजि विद्यालय लगेपछि विधार्थी घटीरहेको प्रअ राईले बताईन्।
यसैगरी, सावित्रा मावि बाम्राङमा बालबिकासमा ५ जना, कक्षा–१ मा ८ जना, कक्षा–२ मा ५ जना, कक्षा–३ मा ५ जना, कक्षा–४ मा १० जना, कक्षा–५ मा १० जना, कक्षा– ६ मा १३ जना, कक्षा– ७ मा १८ जना, कक्षा– ८ मा १० जना, कक्षा–९ मा २२ जना र कक्षा–१० मा २३ जना विधार्थी रहेको विद्यालयले जनाएको छ । तर, नगरपालिकाको ईमिस र विद्यालयको हाजिरीमा विवरण मिलेको पाईन्दैन।
सावित्रा मावि बाम्राङ ।
विधालयहरुले भौतिक विधार्थी भन्दा बढी ईमिसमा विधार्थी संख्या देखाएर दैनिक दिवा खाजा र पुस्तक खर्चमा आउने बजेटको दुरुपयोग गर्ने गरेको गुनासो आउने गरेको छ।
बालबिकास प्रावि बाम्राङमा विधार्थी बिहीन डेस्कबेन्च।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology