• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

लालुपाते सहकारी: ३५ जना विरुद्ध अभियोग पत्र दर्ता,प्रतिवादीको बयान सुरु

लालुपाते सहकारी: ३५ जना विरुद्ध अभियोग पत्र दर्ता,प्रतिवादीको बयान सुरु


समायोजन खबर
  • बिहिबार, मंसिर १४ २०८०

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेलबजारमा अवस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक तथा ऋणीविरुद्ध ठगी सम्बन्धी कसूरमा अभियोग पत्र दर्ता भएको छ। मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ३२ बमोजिम बुधबार खोटाङ जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको हो।

    दर्ता भएको अभियोग पत्रमा ३५ जनालाई प्रतिवादी बनाईएको छ। ३५ जना प्रतिवादीमा सहकारी सञ्चालक समितिका पूरानो नयाँसहित १७ जना, सहकारीका प्रबन्धक एक जना, लेखापाल एक जना, बचत अपचलनमा संलग्न(सहकारीका तत्कालिन अध्यक्ष मृतक अनिल जोशीका परिवार दुई जना, सहकारीका रकम लगेका एकजना र १३ जना ऋणीहरु रहेका छन्।

    उनीहरुलाई पदम कुमारी सैंजु समेत २६५ जनाको जाहेरीमा प्रतिवादी बनाईएको अभियोग पत्रमा उल्लेख छ। प्रतिवादीहरुमध्ये हिरासतमा रहेका ९ जनाको आज बिहीबारबाट बयान सुरु भएको खोटाङ जिल्ला अदालतका श्रेस्तेदार सिताराम खड्काले बताउनुभयो।

    ९ जनाको बयान सकेपछि सरकारी वकिल र प्रतिवादीका वकिलबिच बहस हुनेछ। त्यसपछि उनीहरुलाई थुनामा राख्ने, तारिखमा छोड्ने अथवा धरौटी लिने भन्नेमा निर्णय हुनेछ। अन्य २६ जना भने फरार सूचिमा रहेको र उनीहरु आफै अदालतमा हाजिर नभएमा पक्राउ गरी ल्याईने श्रेस्तेदार खड्काले बताए।

    २०७२ सालमा स्थापना भएको सहरकारीका अध्यक्ष अनिल जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण २०७८ वैशाख–१५ गते पोखरामा निधन भएपछि २०७८ वैशाख–१६ गतेदेखि सहकारीको आर्थिक कारोबार ठप्प भएको थियो।
    तत्कालिन अध्यक्षको निधनपछि बचतकर्ताहरुले आफूहरुको बचत फिर्ता माग्न थालेपछि सहकारीको बचत तत्कालिन मृतक अध्यक्ष जोशी र प्रबन्धक निर्देशक रुकु जोशीले अपचलन गरेको बाहिर आएको थियो। अभियोग पत्र अनुसार २६५ जना बचतकर्ताले चार करोड ४० लाख ६१ हजार १८ रुपैयाँ मागदावी गरेका छन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology