समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदानमार्फत सिंचाईगेट–माटिकोरे खेलमैदान जाने सडक बनाउन सुरु गरेको छ।
पूरानो सोलिङ भएका कारण भत्केर धराप भएको सडकलाई नगरपालिकाले सोमबारदेखि श्रमदानमार्फत ढलान गर्नेगरी बनाउन थालेको हो।
श्रमदानबाट हाललाई ५० मिटर सडक ढलान गरिने जनाईएको छ । त्यसका लागि निर्माण व्यवसायी बुईपाका सुनिल राईले ३ लाख बराबरको(२.७ टन) रड, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले १ लाख बराबरको(४५ घनमिटर) बालुवा, नुनथलाका वडाध्यक्ष भगेश्वर राईले ४० हजार बराबरको बालुवा, दिक्तेलका निर्माण व्यवसायी जोसेफ रिजालले ७० हजार बराबरको २१ घनमिटर बालुवा र दिक्तेल अंग्रेजी बोर्डिङ स्कुलले ३ लाख बराबरको ३०० बोरा सिमेन्ट सहयोग गर्नेछन्।
श्रमदानमा नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर विसन राई, दिक्तेलका वडाध्यक्ष नवराज राईसहित नगरका जनप्रतिनिधि, कर्मचारी, नेपाल पत्रकार महासंघ, खोटाङ उधोग वाणिज्य संघ, राजनीतिक दल, स्थानीयबासी, दिक्तेल अंग्रेजी बोर्डिङ स्कुलका प्रतिनिधि र नेपाल सितोरियो कराते संघका १५ जना खेलाडी सहभागी थिए।
दैनिक सडक प्रयोग गर्नेहरु र सरोकारवालाहरुको उपस्थितीमा श्रमदानमार्फत बनाईने सडकको गुणस्तरमा कुनै समस्या नै नहुने उपमेयर राईले बताए।
सडक बनाउनलाई कोरा जनशक्तिले मात्रै नहुने भएकाले थप काम गर्न मिस्त्री लगाईने मेयर भट्टराईले बताए। जुनै पनि काममा राज्यको मुख ताक्ने सोचाईलाई विस्तारै परिवर्तन गर्न र पुर्खाहरुले चाडबाडमा गर्दै आएको श्रमदान परम्परालाई निरन्तता दिन श्रमदान अभियान चलाईएको हो। मेयर भट्टराईले भने, ‘श्रमदान अभियान निरन्तर जारी रहन्छ।’
यो सडक दिक्तेल अंग्रेजी बोर्डिङ स्कुलका विधार्थी, शिक्षक र कर्मचारीले दैनिक प्रयोग गर्ने सडक हो। यही सडक हुँदै नेपाल सितोरियो कराते संघ, जिल्ला खेलकुद विकास समिति र माटिकोरे खेलमैदानमा खेलाडीहरु ओहोरदोहोर गर्छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology