• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आगलागीबाट बच्न भाग्दा घाइते भएकी बालिकाको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले ब्यहोर्ने

आगलागीबाट बच्न भाग्दा घाइते भएकी बालिकाको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले ब्यहोर्ने


समायोजन खबर
  • सोमबार, मंसिर ४ २०८०

  • आगलागीबाट बच्न हामफाल्दा घाइते भएकी १५ वर्षीया सरिता तामाङ।

    समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा भएको आगलागीबाट बच्नलाई भाग्दा घाईते भएकी बालिकाको सम्पूर्ण उपचार खर्च केपिलासगढी गाउँपालिकाले ब्यहोर्ने भएको छ।

    बाक्सिलास्थित पृथ्वी माविनजिक गएराती किशोर दुमी राईको घर जल्दा भाग्ने क्रममा घाइते भएकी १५ वर्षीया बालिका सरिता तामाङको उपचारमा आर्थिक समस्या भएको समाचार आएपछि उनको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले ब्यहोर्ने केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताउनुभयो।
    मावली(किशोर दुमी राईको)घरमा सुतिरहेको अवस्थामा राती ११ः४५ बजे बोइलर कुखुराको चल्लालाई तातो दिन बालिएको कोईला र बिजुलीको रातो चिमबाट सल्किएको आगोले घर जल्न थालेपछि घरको दुईतला माथिबाट सरिताले हाम फालेकी थिईन्।

    ज्यान बचाउन हाम फाल्दा सरिताको तीनवटा दाँत भाँचिएकोे छ। गिजामा घाउँ भएको र बायाँ हात भाँचिएको छ। एक्सरेमा गुडा छेउमा हड्डी चोइटिएको देखिएको छ।घाईते सरितालाई स्थानीय क्लिनिकमा उपचार गरेर शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौ पु-याईएपछि उपचारमा आर्थिक समस्या भएको थियो।

    बालिकाको परिवारिक अवस्था कमजोर भएकाले सम्पूर्णमा उपचारका निम्ति सहयोग गरिदिन स्थानीय प्रताप राईले आग्रह गरेका थिए। बालिकाको उपचारमा सहयोग गर्न काठमाण्डौमा सहयोग संकलन थालिएको छ । बालिका पृथ्वी माविमा कक्षा ९ मा अध्ययनरत छिन्।

    आगलागीबाट राईको १५ वटा बोइलर कुखुराको चल्ला, अन्नपात, भाडावर्तन, काठपात, लत्ताकपडा, २ तोला सुन, ४ तोला चाँदी समेत जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology