समायोजन खबर खोटाङ, खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका अग्नी पीडित किशोर दुमी राईलाई स्थानीय, रेडक्रस र प्रशासनले सहयोग गरेको छ।
मंसिर ३ गते राती ११ः४५ बजे बोइलर कुखुराको चल्लालाई तातो दिन बालिएको कोईला र बिजुलीको रातो चिमबाट सल्किएको आगोले पूर्णरुपमा घर जलेर विस्थापित भएका राई परिवारलाई आज सोमबार बाक्सिलाका ८० जना स्थानीयले १ लाख २० हजार ८२५ रुपैयाँ आर्थिक सहयोग गरेको हो।
संकलित रकम आजै अग्नी पीडित राई र उनका श्रीमती मनिलालाई हस्तान्तरण गरिएको स्थानीय शिव राईले बताए। स्थानीय मनिस्टर राई र हस्त तामाङले आगलागीमा घाईते भएकी १५ वर्षीया बालिका सरिता तामाङलाई उपचारमा काठमाण्डौ लैजानमा सहयोग गरेका थिए।
अग्नी पीडितलाई आजै जिल्ला विपद राहत कोषबाट १५ हजार र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले अत्यावश्यक सामाग्रीहरु सहयोग गरेको छ। जिल्ला विपद राहत कोषको सहयोग रकम प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले पीडितलाई हस्तान्तरण गरेका थिए।
रेडक्रसले त्रिपाल, म्याट्रेस, साडी, बाल्टि, झुल, प्रिण्ट कपडा, साधा कपडा, सुटिङ कपडा १-१ थान, भाडाकुडा १ सेट र डोरी १ मुठा प्रदान गरेको रेडक्रसका मन्त्री छत्रकुमार वजिमयले जानकारी दिए।
आगलागीबाट राईको १५ वटा बोइलर कुखुराको चल्ला, अन्नपात, भाडावर्तन, काठपात, लत्ताकपडा, २ तोला सुन, ४ तोला चाँदी समेत जल्दा अन्दाजी १५ लाख बराबरको क्षति भएको छ।
यो पनि पढ्नुहोस,आगलागीबाट बच्नलाई भाग्दा घाईते भएकी बालिकाको उपचारमा आर्थिक समस्या
यो पनि,बाक्सिलामा वर्षदिन नपुग्दै अर्को आगलागी,परिवार विस्थापित
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology