चिसाङ शेर्पा खोटाङ, राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय दिक्तेलमा रहेको एटिएम पुनः सुचारु भएको छ। समायोजनखबर डटकममा बेकामे छन् दिक्तेलबजारका एटिएम,सेवा दिनुपर्ने एटिएममा बैंकको ताला शिर्षकमा मंगलबार अपरान्ह ३ः५१ मा समाचार प्रकाशित भएपछि सदरमुकाम दिक्तेलबजारमा अवस्थित बैंकले तत्काल एटिएम सुचारु गराएको हो।
प्राविधिक खराबीका कारण आज(मंलबार) बिहानदेखि साँझ ५ बजेसम्म सेवा दिन नसकेकोमा बैंकका सहायक प्रवन्धक अमृत सैंजुले ग्राहकसँग क्षमा माग्दै अपरान्ह ५ बजेपछिबाट एटिएम मेशिन सुचारु भएको जानकारी गराएका छन्।
दिक्तेल–हलेसी सडकखण्डको गोरखनाथ गण मुडे ब्यारेकमा अवस्थित वाणिज्य बैंककै एटिएम मेशिनमा पैसा सकिएको र कार्यालयमा पनि सिमित पैसा भएकाले शुक्रबारदेखि उक्त एटिएम सुचारु हुने सैंजुले बताए।
दिक्तेल–हलेसी सडकखण्डको गोरखनाथ गण मुढे ब्यारेकमा अवस्थित एटिएम मेशिनमा पैसा नहुँदा यात्राका क्रममा त्यही(मुढे ब्यारेक एटिएममा) पैसा निकालेर घर जान लागेका सेवाग्राही रित्तो हात फर्कनु परेको छ।
दिक्तेलबजारमा विभिन्न बैंकहरुले राखेको एटिएम बेकामे हुँदा तिहारमा एटिमए मेशिन पुगेका सेवाग्राहीहरु रित्तो हात फर्कनु परेको छ।
दिक्तेलबजारको नबिल बैंक, ज्योति विकास बैंकको एटिएम मेशिनमा ताला(भित्र एटिएम,बाहिर ढोकामा ताला र सटर) लगाईएको छ। सामान्य रुपमा बुझ्दा एटिमए मेशिनले २४ सैं घण्टा सेवा दिनुपर्ने हो तर, ती बैंकहरुले एटिएममा ताला लगाएको पाईएको छ।
एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक र प्रभु बैंकका एटिएमले सेवा दिईरहेको तर, दीगो भने नभएको सेवाग्राहीहरु बताउँछन्। यी एटिएमले कछुवा गतिमा सेवा दिंदा सेवाग्राहीले हैरानी खेप्नु परेको बताउँछन्।
यो पनि, बेकामे छन् दिक्तेलबजारका एटिएम,सेवा दिनुपर्ने एटिएममा बैंकको ताला
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology