समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका अग्नी पीडित भिम बहादुर कटवालको परिवारलाई हलेसी तुवाचुङ नगरपालिका र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले सहयोग गरेको छ।
कटवालको परिवारलाई सोमबार हलेसी तुवाचुङ नगरपालिकाले ४ बण्डल जस्तापाता, थाल र गिलास ७/७ थान, १/१ वटा जग, बाल्टी, डाडु पनीउ, कुकर, कराई, ईलेक्ट्रिक चुलो, सिरक २ सेट, डस्ना २ सेट, ४ वटा कम्बल, ५ मिटर म्याट्रेस, २ वटा तन्ना, ३ बोरा चामल, ३ केजी दाल, ४ पोका तेल, चिउरी र नुन २/२ केजी सहयोग गरेको धितुङका वडाध्यक्ष टेकराज राईले बताए। वडा कार्यालय धितुङले ५ हजार आर्थिक सहयोग गरेको छ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले १ थान त्रिपाल, कम्बल ३ वटा, म्याट्रेस २ थान, १ सेट भाडाकुडा, डोरी २ मुठा, पेन्ट कपडा, प्रिण्ट कपडा, साधा कपडा २/२ थान, साडी २ पिस र १ वटा झुल प्रदान गरेको रेडक्रसका मन्त्री छत्र कुमार वजिमयले जानकारी दिए। 
यस्तै, प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले व्यक्तिगत १५ हजार अग्नी पीडित परिवारलाई सहयोग गर्नुभएको छ। राहत सामाग्री लिएर घट्नास्थलमा हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, प्रमुख जिल्ला अधिकारी सुनार, रेडक्रस सभापति ज्ञानेन्द्र जोशी, रेडक्रस मन्त्री वजिमय लगायत पुगेका थिए।
पीडित परिवारलाई नेपाली कांग्रेस हलेसी तुवाचुङ नगर समिति र नेपाल शिक्षक संघको तर्फबाट एकमुष्ट १० हजार १२५ रुपैयाँ, नेपाल रेडक्रस सोसाईटी उपशाखा धितुङबाट ३ हजार, हलेसी मन्दिरका पुजारी गोपाल गिरीबाट ५ हजार सहयोग प्राप्त भएको वडाध्यक्ष राईले जानकारी दिए। वडाध्यक्ष राईका अनुसार पीडित परिवारलाई हालसम्म १५ बोरा चामल र ५० हजार माथि सहयोग प्राप्त भएको छ।
आईतबार साँझ अन्दाजी ७ बजेको समयमा लक्ष्मीपूजा गर्ने क्रममा विजुलीको बल्व पड्केर आगलागी हुँदा कटवाल परिवार विस्थापित भएको हो।
कटवालको २ तले ढुङगा माटोले बनेको टिनको छानो भएको घर जल्दा घरभित्र रहेको २ लाख ५० हजार नगद, ५ तोला सुन, लत्ताकपडा, अन्नपात, भाडावर्तन, काठपात सम्पूर्ण जलि नष्ट हुँदा अनुमानित १७ लाख बराबरको क्षति भएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो। आगलागीबाट मानवीय र चौपायामा क्षति पुगेको छैन । आगलागीबाट विस्थापित कटवाल परिवार सहोदर भाईको घरमा बसिरहेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology