समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङमा लक्ष्मीपूजा गर्ने क्रममा विधुत सर्ट भई एकवटा घर पूर्णरुपमा जल्दा परिवार विस्थाति भएको छ।
आईतबार साँझ अन्दाजी ७ बजेको समयमा लक्ष्मीपूजा गर्ने क्रममा विजुलीको बल्व पड्केर आगलागी हुँदा भिम बहादुर कटवालको परिवार विस्थापित भएको हो।
कटवालको २ तले ढुङगा माटोले बनेको टिनको छानो भएको घर जल्दा घरभित्र रहेको २ लाख ५० हजार नगद, ५ तोला सुन, लत्ताकपडा, अन्नपात, भाडावर्तन, काठपात सम्पूर्ण जलि नष्ट हुँदा अनुमानित १७ लाख बराबरको क्षति भएको खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो।
आगलागीबाट मानवीय र चौपायामा क्षति पुगेको छैन। आगोलाई प्रहरी चौकी धितुङको टोली र स्थानीयबासिले राती ८ :२० बजे नियन्त्रणमा लिएको थियो।
आगलागीबाट विस्थापित कटवाल परिवार सहोदर भाईको घरमा बसिरहेको धितुङका वडाध्यक्ष टेकराज राईले बताए। वडाध्यक्ष राईका अनुसार विस्थापित परिवारका लागि अहिले १० बजेबाट अस्थायी टहरा बनाउनु सुरु गरिनेछ।
विस्थापित परिवारको अस्थायी बसोबासका लागि सहयोग गर्न जनप्रतिनिधि, स्थानीय कर्मचारी, शिक्षक, स्थानीय राजनीतिक दलहरु, छिमेकी, स्थानीयबासी, प्रहरी प्रशासनसँग हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले आग्रह गर्नुभएको छ। मेयर राईले अहिले १० बजेबाट आफूसँग भएको स्थानीय निर्माण सामाग्रीसहित घट्नास्थलमा उपस्थित भएर सहयोग गर्न आग्रह गर्नुभएको छ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology