समायोजन खबर खोटाङ, खोटाङका तीन जना कराते खेलाडी थाइल्यान्डमा हुने ६ औं इन्डोर आर्ट प्रतियोगितामा खेल्ने भएका छन्।
नेपाल कराते महासंघको आयोजनामा काठमाण्डौस्थित सातदोबाटोमा बुधबार र बिहीबार भएको ५५ औं राष्ट्रिय कराते प्रतियोगितामा छनौट भएका खोटाङका तीन जना कराते खेलाडी नेपालमा हुने सातौं दक्षिण एसियाली अन्तर्राष्ट्रिय कराते प्रतियोगिता र थाइल्यान्डमा हुने ६ औं इन्डोर आर्ट प्रतियोगितामा खेल्ने पाउने भएका हुन्।
पुरुष कुमितेमा ५० केजी तौल समूहमा दिपेस राई, ७५ केजी तौलमा रुरीहाङ राई र महिला कुमितेमा ६८ केजी तौलमा युमासाम राई खेल्ने भएका हुन्।
सातौं दक्षिण एसियाली अन्तर्राष्ट्रिय कराते प्रतियोगिता १२ मंसिरदेखि १७ मंसिरसम्म काठमाण्डौमा हुनेछ। थाइल्यान्डमा हुने ६ औं इन्डोर आर्ट प्रतियोगिता सन् २०२४ मा हुनेछ।
खेलाडीहरुलाई सरोकारवाला निकायबाट उचित सहयोग नहुँदा नहुँदै पनि राम्रो नतिजा ल्याएको नेपाल कराते महासंघका केन्द्रीय सदस्य सन्जय कुमार राईले बताए।
हालसम्मको उपलब्धि भनेको खेलाडीहरुको कडा मेहनत र स्वयंसेवक प्रशिक्षकहरुको निरन्तर लगानीले प्राप्त भएको हो। केन्द्रीय सदस्य राईले भने, ‘खेलाडीले उचित सहयोग र हौसला पाए थप अझै उत्कृष्ट नतिजा आउने विश्वास छ।’
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology