समायोजन खबर खोटाङ, नेकपा एमालेको भातृ सङगठन राष्ट्रिय युवा संघ जिल्ला कमिटी खोटाङले आयोजना गरेको स्लो राइड मोटरसाइकल प्रतियोगितामा सिराहका जितेन्द्र चौधरी प्रथम भएका छन्।
खोटाङ अटो लिंक प्रालिमा कार्यरत चौधरीले प्रथम भएसँगै १० हजार १११ रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
तिहारको अवसर पारेर युवा संघले दिक्तेलबजारस्थित माटिकोरे खेलमैदानमा शुक्रबार आयोजना गरेको प्रतियोगितामा बुईपाका दिलीप राई दोश्रो हुँदै ६ हजार ६६६ रुपैयाँ, दिक्तेल हाँटडाँडाका निक्सन ताम्राकार तेश्रो हुँदै ४ हजार ४४४ र दिक्तेलकै सुजन कोईरालाले सान्त्वना हुँदै २ हजारसहति मेडल र प्रमाण पत्र प्राप्त गरेको राष्ट्रिय युवा संघ जिल्ला कमिटी खोटाङका अध्यक्ष रोशन चाम्लिङ राईले बताए।
खुल्ला स्लो राइड मोटरसाइकल प्रतियोगितामा ३६ जना सहभागी थिए। ‘गतिसँग हैन सुरक्षासँग प्रतिस्पर्धा गरौ’ भन्ने नाराका साथमा युवा संघले स्लो राइड मोटरसाइकल प्रतियोगिता गरेको हो।
यस्तै, हण्डीफोर प्रतियोगितामा दिक्तेलका निक्सन ताम्राकारले हाँडी फुटाएका थिए । उनले १ हजारका साथमा प्रमाण पत्र प्राप्त गरे।
राष्ट्रिय युवा संघ जिल्ला कमिटी अध्यक्ष चाम्लिङको अध्यक्षता तथा युवा संघका केन्द्रीय उपाध्यक्ष रमेश तिवारीको प्रमुख आतिथ्यता र नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रामप्रसाद दंगालको विशेष आतिथ्यमा स्लो राइड मोटरसाइकल प्रतियोगिता र हण्डीफोर प्रतियोगितासँगै तिहारको शुभकामना आदानप्रदान गरिएको थियो।
कार्यक्रममा मित्र संगठन वाईसिएलका जिल्ला अध्यक्ष किशन राई र तरुण दलका केन्द्रीय सदस्य भिषण राई लगायतले शुभकामना आदानप्रदान गरेका थिए।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology