• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भूकम्प पीडितलाई सहयोग गर्ने

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भूकम्प पीडितलाई सहयोग गर्ने


समायोजन खबर
  • शुक्रबार, कार्तिक २४ २०८०

  • समायोजन खबर खोटाङ, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

    नगरपालिकामा शुक्रबार बसेको नगर कार्यपालिकाको वैठकले नगरका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको ३ दिनको सेवा सुविधा तथा तलब भत्ता कट्टा गरी सो बराबर हुन आउने रकम भूकम्प पिडितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता एवंम् लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले बताए।

    ३ दिनको सेवा सुविधा तथा तलब भत्ता बराबर कति बजेट हुन्छ भन्ने प्रश्नमा प्रवक्ता घिमिरेले लेखाले हिसाब गरेर बताउने बताएको जानकारी दिए। बजेट कति हुन्छ भनेर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई दुई पटक सम्पर्क गर्दा उहाँ(राई)ले फोन उठाउनु भएन। तेश्रो पटक गर्दा उहाँको फोन अफ पाईयो।

    बैठकले भूकम्पका कारण मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ। खोज, उद्धार तथा राहतका लागि क्रियाशिल सबैलाई धन्यवाद ज्ञापन गरेको छ। १७ कार्तिक राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पबाट हालसम्म १५७ जनाको मृत्यु भएको छ।
    यस्तै,नगर कार्यपालिकाको बैठकले नगरपालिकाले तोकेका बजार क्षेत्रहरुबाट उत्सर्जन हुने फोहोरमैला र नगरपालिकाले स्थापना गरेको दिक्तेल कम्पोष्ट प्लान्ट नीजि क्षेत्रसँगको समन्वय तथा साझेदारीमा व्यवस्थापन गर्न खरिद प्रक्रिया अगाडि बढाउने र चालू आर्थिक वर्ष २०८०/२०८१ मा संघीय सशर्त र स्थानीय तहको समेत साझेदारीमा सञ्चालन हुने बहुक्षेत्रीय पोषण कार्यक्रमतर्फका योजना तथा कार्यक्रमहरु स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता घिमिरेले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology