समायोजन खबर खोटाङ, खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा बजार अनुगमन गरेर म्याद गुज्रेका खाद्यबस्तु जफत गरी जलाएर नष्ट गरिएको छ।
मंगलबार दिप्रुङको पञ्चमीबजार र याङसोलाटारका किराना पसलहरु अनुगमन गर्दा भेटिएका म्याद नाघेका खाद्यबस्तु जफत गरेर जलाई नष्ट गरिएको घरेलु तथा साना उधोग खोटाङका प्रमुख भेषराज खत्रीले बताए।
खत्रीका अनुसार डिउ, कोक, करेन्ट मसला, धुलो बेसार, पापड, बदाम जुस, सेभेनअप, पेप्सी गरी ६ हजार ७४० रुपैयाँ बराबरको म्याद नागेका सामान जफत गरिएको थियो।
यस्तै, १९ कार्तिकमा दिक्तेलबजारको अस्पताल चोकस्थित बानियाँ चोकदेखि पोखरी स्कुलसम्म रहेका किराना पसलहरु अनुगमन गर्दा भेटिएका म्याद नाघेका खाद्यबस्तु जफत गरेर जलाई नष्ट गरिएको छ।
त्यहाँ कोक, डिउ, कफी, मरिच, स्याम्पो, धुलो खुर्सानी, मसला, बदाम जुस, बेसार, ज्वानो, अचार गरी २१ हजार २१५ रुपैयाँ बराबरको म्याद नागेका सामान जफत गरिएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology