• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङका नौ जना कराते खेलाडी राष्ट्रिय प्रतियोगितामा भिड्ने

खोटाङका नौ जना कराते खेलाडी राष्ट्रिय प्रतियोगितामा भिड्ने


समायोजन खबर
  • सोमबार, कार्तिक २० २०८०

  • कोशी प्रदेशबाट राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका खोटाङका कराते खेलाडीहरु।

    समायोजन खबर खोटाङ, खोटाङका नौ जना कराते खेलाडी राष्ट्रिय प्रतियोगितामा भिड्ने भएका छन्। सातौं दक्षिण एसियाली अन्तर्राष्ट्रिय कराते प्रतियोगिता अन्तर्गत कोशी प्रदेशबाट छनौट भएका खोटाङका छ जना महिला र तीनजना पुरुष खेलाडीहरु राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका हुन्।

    नेपाल कराते महासंघका जिल्ला अध्यक्ष सुमन राईका अनुसार कुमितेमा ४५ केजी तौलमा आयुष्मा राई, ५० केजी तौलमा दिपेश राई, ५५ केजी तौलमा विद्याकला राई, ५५ केजी तौलमै सुर्यचन्द्र राई, माइनस ६८ केजी तौलमा युमासाम राई र माइनस ८४ केजी तौलमा इश्वरधन राईले राष्ट्रिय प्रतियोगिताको सामना गर्नेछ।

    महिला समूह टिमकातातर्फ अनिसा राई, बिसुका राई र करुणा राईले राष्ट्रिय प्रतियोगितामा खेल्नेछन् । आईतबार र सोमबार धरान रंगशालामा प्रदेश स्तरीय छनौट प्रतियोगिता भएको थियो। सातौं दक्षिण एसियाली अन्तर्राष्ट्रिय कराते प्रतियोगिता अन्तर्गतको राष्ट्रिय छनौट प्रतियोगिता १२ मंसिरदेखि १७ मंसिरसम्म काठमाण्डौमा हुनेछ।

    खेलाडीहरुलाई सरोकारवाला निकायबाट उचित सहयोग नहुँदा नहुँदै पनि राम्रो नतिजा ल्याएको नेपाल कराते महासंघका केन्द्रीय सदस्य सन्जय कुमार राईले बताए। हालसम्मको उपलब्धि भनेको खेलाडीहरुको कडा मेहनत र स्वयंसेवक प्रशिक्षकहरुको निरन्तर लगानीले प्राप्त भएको हो। केन्द्रीय सदस्य राईले भने,‘खेलाडीले उचित सहयोग र हौसला पाए थप अझै उत्कृष्ट नतिजा आउने विश्वास छ।’

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology