समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पिडितलाई आर्थिक सहयोग गरेको छ।
नगरका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको दुई दिनको सेवा सुविधा तथा तलब भत्ता कट्टा गरी भूकम्प पिडितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार ११ लाख ५१ हजार १०० रुपैयाँ सहयोग पठाईएको मेयर विमला राईले बताईन्।
आईतबार बसेको कार्यपालिकाको बैठकले सहयोग पठाउने निर्णय गरेको थियो। भूकम्पका कारण मृत्यु भएका नागरिकप्रति नगरपालिकाले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पबाट हालसम्म १५७ जनाको मृत्यु भएको छ। २४६ जना घाईते भएका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology