• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका अध्यक्ष भन्छन्, मानवीय क्षतिको जानकारी छैन, सग्ला घर देख्न मुस्किल छ

भूकम्पको केन्द्रविन्दु बारेकोट गाउँपालिका अध्यक्ष भन्छन्, मानवीय क्षतिको जानकारी छैन, सग्ला घर देख्न मुस्किल छ


समायोजन खबर
  • शनिबार, कार्तिक १८ २०८०

  • फाइल तस्विर ।

    समायोजन खबर खोटाङ, जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ। दुवै जिल्लामा गरी ५० जनाभन्दा धेरैको मृत्यु भएको छ भने सयौं घर,गोठहरु भत्किएका छन्।

    भूकम्पको केन्द्रविन्दु पर्ने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले आज बिहान ६ बजेसम्म बारेकोट गाउँपालिकामा मानवीय क्षति भएको विवरण प्राप्त नभएको बताए । केही ठाउँमा सञ्चार सम्पर्क विच्छेद भएकाले सूचना संकलन गर्न नसकिएको उनले बताए।

    आफू विभिन्न वडाहरुमा पुग्दा घरहरुमा व्यापक क्षति पुगेको देखेको उनले जानकारी दिए । ‘म भूकम्प गएदेखि नै मोटरसाइकल लिएर वडा,वडामा पुगेर अवस्था बुझिरहेको छु। अहिलेसम्म हाम्रो पालिकामा मानवीय क्षति भएको दुःखद खबर सुन्नु परेको छैन,’ उनले भने, ‘तर सग्ला घरहरु देख्न मुस्किल छ।’

    अहिलेसम्म वडानम्बर १, २, ३ र ९ मा भूकम्पले बढी क्षति पुगेको आफूले देखेको उनले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology