समायोजन खबर खोटाङ, खोटाङमा बेपत्ता भएकी बृद्धा सात दिनपछि सकुशल फेला परेको छ।
दशैको टीका अर्थात ७ कात्र्तिक दिउँसोदेखि घरै नजिकबाट बेपत्ता भएकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीकी ६८ वर्षीया जैसीमाया ढुंगाना सोमबार(आज)फेला परेकी हुन्।
बृद्धाकी आफन्त नरेन्द्र ढकालका अनुसार आमालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा टारी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ सिमाना दिखुवाखोला पुलको माथि पहरामा बिहान ११ः५० बजे सकुशल बसिरहेको अवस्था भेटिएको हो। बृद्धा आमा सकुशल भेटियो। उहाँले आफन्त तथा सबैलाई चिन्ने अवस्थामा हुनुहुन्छ। ढकालले भने।
प्रहरीले पनि बृद्धा भेटिएको अफिसियल फेसबुकमार्फत जानकारी दिएको छ। सहयोगी महानुभावहरुमा आभार, आमा भेटिनु भाको छ। प्रहरीले फेसबुकमा लेखेको छ।
बृद्धाको स्वास्थ्य परीक्षण गर्न जिल्ला अस्पतालमा ल्याईदै गरेको डिएसपी पुरुषोत्तम खड्काले बताए। आमा सात दिनसम्म हराउनु भयो, परिवारबाट टाढा हुनु भयो। स्वास्थ्यमा केही समस्या छ/छैन भनेर जाँच गर्न प्रहरीले गाडीमा आमालाई अस्पताल ल्याउँदै छ। स्वास्थ्य चेकजाँचपछि आमालाई परिवारको जिम्मा लगाउँछौ। डिएसपी खडकाले भने।
आमा भेटिएको स्थानीयले खबर गरेका थिए। बेपत्ता बृद्धाको आफन्त, स्थानीय र प्रहरीले खोजी गर्दा नभेटेपछि शनिबार र आईतबार प्रहरीको तालिमप्राप्त दुई वटा कुकुर परिचालन गरी बृद्धाको खोजी पनि गरिएको थियो।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology