समायोजन खबर खोटाङ, जिल्ला समन्वय समिति खोटाङले दशैको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
सुरु भएको विजया दशमी तथा आउँदै गरेको शुभ दिपावली तथा छठ पर्वको अवसर पारेर जिल्ला समन्वय समितिकै हलमा दशैको पहिलो दिन घटस्थापनामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो।
बिहान झण्डा पुजा गरेर आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा जिसस उपप्रमुख सुरेश कुमार तामाङ, नेपाल निजामती कर्मचारी आधिकारीक ट्रेड युनियनका जिल्ला अध्यक्ष ध्रुब कार्की, नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दिलीप खत्री, समाजसेवी सुर्य राईले शुभकामना दिएका थिए।
यस्तै, संविधानसभा सदस्य कुल प्रसाद फुयल र नेकपा एमालेका केन्द्रीय सदस्य उषाकला राईले दशैको अवसरमा शुभकामना दिएका थिए। जिसस प्रमुख सन बहादुर राईको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोलेका वक्ताहरुले दशैलाई सभ्यभव्य र भड्किलो नभई सौहार्द रुपमा मनाउन आग्रह गरेका छन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology