• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा वाणिज्य बैंकको सेवा अत्यन्तै सुस्त,पैसा लिनै तीन घण्टा उभिनु पर्ने बाध्यता

दिक्तेलमा वाणिज्य बैंकको सेवा अत्यन्तै सुस्त,पैसा लिनै तीन घण्टा उभिनु पर्ने बाध्यता


समायोजन खबर
  • शुक्रबार, असोज २६ २०८०

  • राष्ट्रिय वाणिज्य बैंकको सेवा सुस्त हुँदा लागेको भिड।

    समायोजन खबर खोटाङ, राष्ट्रिय वाणिज्य बैंक दिक्तेल शाखाको सेवा अत्यन्तै सुस्त हुँदा सेवाग्राहीहरुले घण्टौ उभिएर भुक्तानी लिनु परेको बताएका छन्।

    दिक्तेलबजारस्थित सल्लेरी टोलमा भाडाको घरबाट सञ्चालन भईरहेको बैंकले बचत र भुक्तानीमा टोकन सिस्टम बसाए पनि सेवा सुस्त हुँदा घण्टौ उभिएर बचत तथा भुक्तानी गर्नुपरेको सेवाग्राहीहरुले बताएका छन्।
    शुक्रबार बिहान ११ः१५ मा लिएको टोकनको पालो दिउँसो २ बजेपछि मात्रै आएको सेवाग्राही नुनथलाका दोर्जे शेर्पाले बताए। साँढे दुई घण्टा लगाएर बैंकबाट भुक्तानी लिएको खाल्लेका हर्क गदालले बताए। गदालका अनुसार बैंकको सेवा सुस्त हुँदा अत्यास लाग्दो भिडले गर्दा बैंकमा बस्ने ठाउँ नै नहुँदा सेवाग्राहीहरुले घण्टौ उभिएर सेवा लिनु परेको थियो।
    आज बिहान ९ः४५ बाटै टोकन खुल्ला गर्दा र बिचबिचमा ईन्टरनेट जाँदा सेवाग्राहीको भिड लागेको शाखा प्रवन्धक राम कुमार आचार्यल बताए । दुई जना स्टाफ विदामा बस्दा पनि सेवा सुस्त भयो। आज शुक्रबार भए पनि तीन बजेसम्म भुक्तानी गरेका थियौ। सोमबादेखि भिड हुँदैन शाखा प्रबन्धक आचार्यले भने। फूलपातीको अघिल्लो दिनसम्म कारोबार गर्छौ।

    बैंकको सेवा सुस्त हुँदा सेवाग्राहीका रुपमा आएका ज्येष्ठ नागरिक, महिलाहरु घण्टौ उभिएर बसेका थिए। बैंकमा सेवाग्राहीलाई बस्ने ठाउँ प्रशस्त नहुँदा सेवाग्राहीहरु गेट बाहिर सिढीहरुमा बस्न बाध्य थिए। बैंकमा पैसा लिन घण्टौ कुर्नुपर्दा अन्य कामहरु त्यतिकै छोडेर घर फर्कनु परेको सेवाग्राहीहरु बताउँछन्।

    बैकले ज्येष्ठ नागरिक र महिलालाई बेग्लै काउण्टरबाट सेवा नदिदा ज्येष्ठ नागरिक, महिलाले घण्टौ कुरेर पैसा निकाल्नु पर्ने बाध्यता छ। महिला सेवाग्राही तथा महिला कर्मचारीलाई बैंकमा स्तनपान कक्ष नहुँदा बालबच्चा लिएर बैंक आएका आमाहरुले कुनापटी फर्केर तथा छेकिएर बालबच्चालाई स्तनपान गराउन बाध्य छन्।बैंकले एकवटा काउण्टरबाट राजश्व, दुईवटा काउण्टरबाट बचत र भुक्तानी तथा एकवटा काउण्टरबाट कर्जा तथा नयाँ नोट सटहीको काम गरिरहेको छ। बैंकमा एटिएम भए पनि भरपर्दो नहुँदा सेवाग्राहीले झन शास्ती पाईरहेका छन्।
    राज्यले निर्धारण गरेको ज्येष्ठ नागरिक, महिला आरक्षण तथा स्तनपान कक्ष बैंकले स्थापना नगर्दा समेत सम्बन्धित निकायहरु मौन बसिरहेका छन्। अधिकारकर्मीहरुले यस विषय अहिलेसम्म बोलेका छैनन्।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology