• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

समाजवादी मोर्चा नेपाल खोटाङको अध्यक्षमा खम्बु

समाजवादी मोर्चा नेपाल खोटाङको अध्यक्षमा खम्बु


समायोजन खबर
  • शुक्रबार, असोज २६ २०८०

  • समाजवादी मोर्चा नेपाल खोटाङका अध्यक्षसहित सदस्यहरु सामूहिक तस्विरमा।

    समायोजन खबर खोटाङ, चार दल मिलेर बनेको समाजवादी मोर्चा नेपाल खोटाङको अध्यक्षको जिम्मेवारी जनता समाजवादी पार्टीका अध्यक्ष पिके खम्बुले पाएका छन्।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी(एस),जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी(विप्लब)मिलेर बनेको मोर्चाले जिल्ला समन्वय समितिको सभाहलमा शुक्रबार सन्देश सभा गर्दै हाललाई मोर्चाको जिल्ला अध्यक्षको जिम्मेवारी खम्बुलाई दिईएको जानकारी दिईएको छ। अध्यक्षको जिम्मेवारी ६/६ महिनामा फेरवदल हुनेछ।
    सन्देश सभा कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङले मोर्चाको अध्यक्षमा खम्बुसहित आठ जना सदस्यहरु रहेको सार्वजनिक गरेका हुन्। चेम्जोङका अनुसार मोर्चा घटक चार दलबाट २/२ जना राखेर जिल्ला कार्य समिति गठन गरिएको हो।

    मोर्चाको सदस्यहरुमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक दीपक पाण्डे आकाश, नेता जीवन राई, नेकपा एकीकृत समाजवादी(एस)का जिल्ला अध्यक्ष जलशेर राई र नेता ददी श्रेष्ठ, जनता समाजवादी पार्टीका अध्यक्ष खम्बु र नेता निर्मल राई तथा नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला ईन्चार्ज सन्जिप ‘सी’ र सुदीप ‘सी’ छन्।
    सन्देश सभामा जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य चेम्जोङ, नेकपा एसका पोलिटव्युरो सदस्य राजन राई, नेकपा माओवादी केन्द्रका अनुशासन आयोगका केन्द्रीय अध्यक्ष टंक राई र नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य शैलेस ‘सी’ सहभागी थिए।

    सन्देश सभाले १५ बुँदे मोर्चाका उद्देश्य तथा नीतिगत प्रतिबद्धता, सङगठनात्मक संरचना, सचिवालय, सदस्य र घटक दलहरुको स्वायत्तता, मोर्चाको नेतृत्व र निर्णय प्रक्रिया र नीति तथा कार्यक्रम पनि सार्वजनिक गरेका छन्। २०८० असार ४ गते केन्द्रमा समाजवादी मोर्चा बनेको हो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology